१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्री देउवाद्वारा नेता सुनकलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकोमा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन्।

नागरिकलाई नागरिकता दिनु अपराध हो भने त्यो अपराध गर्न तयार छौँः प्रधानमन्त्री

‘अहिलेको गठबन्धनलाई चुनाव जिताएर दबाव दिनुपर्‍यो। गठबन्धनले चुनाव जित्यो भने नागरिकताविहीनलाई गठबन्धनको सरकारले नागरिकता दिलाएर छाड्ने बताए।’

गठबन्धनका शीर्ष नेता भन्छन्ः मंसिर ४ को निर्वाचन अग्रगामी र पश्चगामीबीचको प्रतिस्पर्धा हो

‘बहुमत प्राप्त सरकारको नेतृत्व गरेकाबाटै १७ साल दोहोर्‍याउने प्रपञ्च गरीएपछि त्यसका विरुद्ध यो गठबन्धन बनेको हो। अब ती प्रतिगमनकारीहरुलाई परास्त गर्न हामी सबै एक ढिक्का भएर लाग्नु पर्छ’ ‘हामी एउटै डुङ्गामा छौं जिते सबै जित्ने हो हारे सबै हार्छौं’

गठबन्धनको विरुद्धमा ठूलो शक्ति लागेको छः प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले गठबन्धन बिरुद्धको कुनैपनि भ्रममा नपर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरे। उनले आगामी दिनमा पनि गठबन्धनको सरकार बन्ने दाबी गरे।

नेपाली खेलाडीको योगदान महत्वपूर्ण छः प्रधानमन्त्री

राज्यमा खेलको विशिष्ट महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यसको विकासका लागि राज्यको लगानीसँगै निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहित गरिनुपर्नेमा जोड दिए। स्थानीय एवं प्रदेशस्तरमा खेलको विकासका लागि पूर्वाधारलगायतलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

प्रधानमन्त्री देउवा आज पोखरा आउँदै

गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउने भएका छन्।

चुनाव प्रचारका लागि गृहजिल्ला झापा पुगेका केपी ओली अस्वस्थ

झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा आएका हुन्। उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी आएको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए।

प्रधानमन्त्री कप क्रिकेट छनोट: बैतडीको विजयी सुरुआत

बझाङले दिएको १२२ रनले लक्ष्य बैतडीले १७ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। जसमा दीपक बोहराले ४८, खडक बोहराले २६ र वीरेन्द्र नाथले नटआउट २४ रनको योगदान गरे।

अब हसिँया हतौडा, रुख भन्ने छैन, गठबन्धनका उम्मेदवारलाई भोट हाल्नुस्ः देउवा

‘अब हसिँया हतौडा, को रुख भन्ने नै छैन अब। कसलाई भन्ने नै छैन। त्यसकारण कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने। हसिँया हतौडा भएको ठाउँमा हसिया हतौडालाई नै भोट हाल्ने। रुख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने। पुगी हाल्यो नि। यति भए पुगी हाल्यो नि। यति भए पुगी हाल्यो नि। किन चाहियो अरु कुरा?'

प्रधानमन्त्री कप प्रदेशस्तरीय छनौट खेलमा कञ्चनपुर विजयी

'प्रदेशस्तरीय छनौटका खेल आजबाट सुरु भएका छन्', उनले भने, 'छनौटमा सुदूरपश्चिमका बाजुरा बाहेक आठ टिम सहभागी छन्।'

प्रहरीका सबै संगठन प्रविधिमैत्री बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन्।

प्रतिगमनको खतरा अझैपनि छ, गठबन्धनमा सबै मिल्नु आवश्यक छ: प्रधानमन्त्री देउवा

आइतबार काठमाडौँमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले गठबन्धन तोड्यो, देउवालाई भोट नदिने

नेकपा (एकीकृत समाजवादी) डडेल्धुराले नेपाली काँग्रेस (वीपी) सँग तालमेल गरेको छ। शनिबार दुबै पार्टीले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा सयुक्त रूपमा जाने जानकारी गराएका थिए। डडेल्धुरामा नेपाली काँग्रेस वीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ।

जोशीको निधनको खबरले निकै दुःखी भएको छु: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको खबरले आफू निकै दुःखी भएको बताएका छन्।

मधेस सरकारबाट कांग्रेस मन्त्री मात्र हटाइनुको अन्तर्य

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई केन्द्र सरकारबाट बर्खास्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्