१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनाव प्रचारका लागि गृहजिल्ला झापा पुगेका केपी ओली अस्वस्थ

आज दिउँसो गृहजिल्ला झापा आइपुगेका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।

झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा आएका हुन्। उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी आएको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए।

तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा आएका हुन्। अध्यक्ष ओलीलाई ज्वरो आएपछि आज दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए। 

प्रकाशित: १ कार्तिक २०७९ १४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App