८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

जोशीको निधनको खबरले निकै दुःखी भएको छु: प्रधानमन्त्री

फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको खबरले आफू निकै दुःखी भएको बताएका छन्।

देउवाले आइतबार बिहान ट्विट गर्दै जोशीको निधनको खबरले आफू निकै दुःखी भएको बताएका हुन्।

उनले जोशीको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

उनले लेखेका छन्,'शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।'

प्रकाशित: ३० आश्विन २०७९ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App