२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप प्रदेशस्तरीय छनौट खेलमा कञ्चनपुर विजयी

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको पहिलो खेलमा कञ्चनपुर पाँच विकेटले विजयी भएको छ।  

महेन्द्रनगरको कभर्डहलस्थित मैदानमा आज भएको खेलमा डोटीले दिएको एक सय ४२ रनको लक्ष्य पूरा गर्दै कञ्चनपुरले विजयी सुरुआत गरेको हो। कञ्चनपुरले २४ ओभरमा पाँच विकेट गुमाउँदै डोटीले दिएको लक्ष्य पूरा गरेको हो।

टस जितेर ब्याटिङ रोजेको डोटीले ३२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४२ रनको लक्ष्य दिएको थियो। कञ्चनपुरका अनुराग सिंहले सर्वाधिक ४६ रनको योगदना गरे । त्यसैगरी डोटीका खगेन्द्र जोशीले सर्वाधिक ५३ रनको योगदान दिएका थिए। खेलमा कञ्चनपुरका मिलन बोहरा म्यान अफ दी म्याच घोषित भए।

जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्र चन्दले आज भएको पहिलो खेलमा कञ्चनपुर पाँच विकेटले विजयी भएको बताउनुभयो। भोलि कात्तिक १ गते दार्चुला र डोटी बीच प्रतिस्प्रर्धा हुनेछ। 'प्रदेशस्तरीय छनौटका खेल आजबाट सुरु भएका छन्', उनले भने, 'छनौटमा सुदूरपश्चिमका बाजुरा बाहेक आठ टिम सहभागी छन्।' 

उक्त छनोटमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदेशको टोली छनोट गरिने अध्यक्ष चन्दले बताए। नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १२ गतेदेखि काठमाडौँमा हुँदैछ। रासस

प्रकाशित: ३१ आश्विन २०७९ १४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App