१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी

संवैधानिक परिषद्को बैठक शुरु भएको छ। बैठक आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुरु भएको हो।

राजनीतिक भेटमा चौथाइवाले

प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी मुलुक भारतको भ्रमणमा निस्कने तयारी गरिरहेका बेला भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आइपुगेका छन्।

‘स्वदेशमा खपत हुने संरचना नबन्दासम्मको लागि मात्रै विदेश निर्यात’

प्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशमा आन्तरिक विद्युत् खपत गर्ने पूर्वाधार निर्माण नहुँदासम्मको लागि मात्र विद्युत् निर्यात गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।

व्यक्तिगत विवरण रुजु ठेक्का निजी कम्पनीलाई दिने कार्यविधि रद्द

राष्ट्रिय परिचयपत्र जारी गर्ने क्रममा नागरिकका व्यक्तिगत विवरण रुजु गर्ने संयन्त्रको जिम्मा निजी कम्पनीलाई दिनेगरी ल्याइएको कार्यविधि सरकारले खारेज गरिदिएको छ।

कामपा मेयर बालेन साहबिरुद्धको रिटमा आज सुनुवाई

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएकोमा आज सुनुवाई हुँदैछ।

प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेता बिच भेटवार्ता

संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरू बिच भेटवार्ता भइरहेको छ।

अझै गएन कांग्रेसको इतर पक्ष सरकारमा, राष्ट्रपति निकटलाई पनि चाहियो मन्त्री

यी घटनाक्रम हेर्दा मन्त्रिपरिषद् विस्तार हुने क्रम जारी छ। मन्त्रीहरूको शपथ पनि जारी छ। र, अझै पनि सरकार पूर्ण रूपले विस्तार भइसकेको छैन। यो विस्तार हुने क्रम पनि जारी छ।

प्रतिनिधिसभामा प्रधानमन्त्री हराएको सूचना !

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल हराएको उल्लेख गर्दै व्यङ्ग्यात्मक सूचना जारी गरेका छन्।

इन्धनमा लगाएको पूर्वाधार करबाट एक खर्ब संकलन

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा करिब १ खर्ब रूपैयाँ बढी संकलन गरेको छ। नेपाल आयल निगमले इन्धन आयात गर्दा भन्सार बिन्दुमै कर तिर्दै आएको छ।

मलेपद्धारा सिरिजङ्गा र पाथीभरा याङ्वरकलाई बढी रकम सम्वन्धितबाट असुल गर्न निर्देशन

महालेखा परीक्षकको कार्यालयले ताप्लेजुङको सिरिजङ्गा र पाथीभरा याङ्वरक गाउँपालिकालाई बिभिन्न योजनामा स्वीकृत दररेट भन्दा बढी भुक्तान भएको १८–१८ लाख बढी रकम सम्वन्धितबाट असुल गर्न निर्देशन दिएको छ।

नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछ– प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन्।

सर्वोच्चमा प्रधानमन्त्री दाहालको लिखित जवाफ, रिट खारेज गर्न अनुरोध

सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूविरुद्ध दायर भएको रिट निवेदनमा लिखित जवाफ पेस गर्दै रिट निवेदन खारेज गर्न अनुरोध गरेका छन्।

१० दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्रीलाई दबाब

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसहित कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्।

प्रधानमन्त्री कार्यालयअगाडि फोहर डम्प

मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरबाट दैनिक उत्पन्न फोहरलाई प्रधानमन्त्री कार्यालय अगाडिको बगैंचामा डम्प गर्न थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्