७ वैशाख २०८१ शुक्रबार
राजनीति

सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेकाे संवैधानिक परिषद्को बैठक

संवैधानिक परिषद्को बैठक शुरु भएको छ। बैठक आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुरु भएको हो।  

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी भएका छन्। ८ बजे बस्ने भनिएको बैठक केही समय ढिला गरी शुरु भएको हो। आजको बैठकले प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गरी निस्कर्षमा पुग्ने बताइएको छ।

प्रकाशित: ६ वैशाख २०८० ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App