coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मलेपद्धारा सिरिजङ्गा र पाथीभरा याङ्वरकलाई बढी रकम सम्वन्धितबाट असुल गर्न निर्देशन

महालेखा परीक्षकको कार्यालयले ताप्लेजुङको सिरिजङ्गा र पाथीभरा याङ्वरक गाउँपालिकालाई बिभिन्न योजनामा स्वीकृत दररेट भन्दा बढी भुक्तान भएको १८–१८ लाख बढी रकम सम्वन्धितबाट असुल गर्न निर्देशन दिएको छ।

 मलेपले तेह्रथुमको आठराई गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गरेको खर्चमा दोहोरो मूल्याङ्कन भई बढी भुक्तानी भएको भन्दै बढी भएको सो रकम असुल गर्न समेत निर्देशन दिएको छ।

६० औं वार्षिक प्रतिवेदनको खण्ड–३ को स्थानीय तह अन्तर्गत पेज नं ७९२ र ७९३ को बुँदा नं २३७ तथा २३८ मार्फतमलेपले यस्तो निर्देशन दिएको हो। 

सिरिजङ्गा गाउँपालिकाको वडा कार्यालय भवन निर्माण,१० शैयाको अस्पताल,ब्वाईज होस्टेल,तावाखोला पुल,प्रशासकीय भवन योजनामा माटो पुर्ने,फर्म वर्क,ढुङ्गा सोलिङ,डण्डी र ईटाको गाह्रो लगाउने आदि काममा स्वीकृत दररेट भन्दा १८ लाख ३२ हजार रुपैयाँ बढी रकम भुक्तानी भएको मलेपको निष्कर्ष छ।

यस्तै पाथीभरा याङ्वरकको खहरेखोला पूर्व सडक,वडा नं ५ को प्रमुख प्रशासकीय भवन,स्वास्थ्य चौकी भवन लगायत ६ वटा योजनामा ढुङ्गा,माटो र ईटाको कार्य गर्दा १८ लाख २४ हजार रुपैयाँ बढी भुक्तानी भएको मलेपले भनेको छ। मलेपले आफ्नो प्रतिबेदनमार्फत स्वीकृत दररेट भन्दा बढी भुक्तानी भएको रकम सम्वन्धितबाट असुल गर्न दुबै गाउँपालिकालाई निर्देशन दिएको छ। यस्तै तेह्रथुमको आठराई गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा स्थानीय तहको लागत साझेदारी समेत गरी सञ्चालन भएको योजनाको भुक्तानी प्राविधिक मूल्याङ्कनका आधारमा बढी भएको मलेपले भनेको छ। 

मलेपको प्रतिवेदनमा तेह्रथमुको आठराई गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १ सय ६४ जनालाई रोजगारी दिएकोमा ११ हजार २९ म्यानडेजको प्रति म्यानडेज ५ सय ७७ रुपैयाँका दरले ६३ लाख ६४ हजार रुपैयाँ मूल्याङ्कन गरी भुक्तानी गर्नुपर्नेमा ९४ लाख ६३ हजार रुपैयाँ भुक्तानी गरेको उल्लेख गरिएको छ।

मलेपले यो प्रक्रियामा ३० लाख ९९ हजार रुपैयाँ बढी भुक्तानी भएको र स्थानीय तहबाट लागत साझेदारी गरी छुट्टाछुट्टै १२ योजनाबाट २५ लाख ४४ हजार रुपैयाँ बराबरको ढुङ्गा समेत आपूर्ति गरेकोमा प्राविधिक मूल्याङ्कनमा ढुङ्गा झिकेको म्यानडेज समेत मूल्याङ्कन हुँदा दोहोरो मूल्याङ्कन भई बढी भुक्तानी भएको रकम असुल हुनुपर्ने भनेको छ। 

प्रकाशित: २ वैशाख २०८० ०९:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App