२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभामा प्रधानमन्त्री हराएको सूचना !

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल हराएको उल्लेख गर्दै व्यङ्ग्यात्मक सूचना जारी गरेका छन्। 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिनिधिसभा बैठकमा नआएको भन्दै व्यङ्ग्य गरेका हुन। उनले प्रधानमन्त्री दाहाललाई संसद् भवनमा बुझाइदिन व्यङ्ग्यात्मक रूपमा आव्हान पनि गरे।

उनले आइतबारको प्रतिनिधिसभा बैठकमा यसरी प्रधानमन्त्री दाहालप्रति व्यङ्ग्य गरेका थिए। 

‘नागरिकताको नाम: श्री पुष्पकमल दाहाल

चलनचल्तीको नाम: प्रचण्ड

स्थायी ठेगाना :फेरी राख्ने

अस्थायी ठेगाना कहिलेःखुमलटार कहिले बालुवाटार

हुलिया : पहिले पहिले कोट पाइन्ट लगाउने गरे पनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने। उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने। उहाँ केही दिन अघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसद्मा आउनै छोडेकोले उहाँलाई फेला पार्ने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला। उहाँ अन्तिम पटक देखिएको स्थल बालुवाटार छेउछाउ।’

उनले प्रहरीले नागरिक हराएको बेला सूचना जारी गरेजसरी प्रधानमन्त्री दाहाल हराएको भन्दै कसैले भेटेमा संसद भवन नयाँ बानेश्वरमा बुझाउन पनि भनेका छन्।

प्रधानमन्त्री दाहाल संसदमा आउनै छाडेकाले सो सूचना जारी गर्नु परेको उनको भनाई थियो।

सांसद पन्तले केही दिनअघि संसदमा झुलुक्क झल्किनु भएका प्रधानमन्त्री दाहाललाई आफूले अन्तिम पटक बालुवाटार छेउछाउ देखेको कटाक्ष पनि गरेका छन्। 

प्रकाशित: ३ वैशाख २०८० ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App