२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राजनीतिक भेटमा चौथाइवाले

प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी मुलुक भारतको भ्रमणमा निस्कने तयारी गरिरहेका बेला भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आइपुगेका छन्।

 सुदूर पश्चिम प्रदेश हुँदै काठमाडौं आइपुगेका उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहितका नेताहरूसँग मंगलबार छुट्टाछुट्टै भेटेका हुन्।

नेपाली नेताहरूसँगको भेटमा दुई पक्षीय सम्बन्धलाई बलियो बनाउनेबारे छलफल भएको चौथाइवालेले आफ्नो ट्विटरमा लेखेका छन्। नेपाली नेताहरूसँग बुधबार पनि राजनीतिक भेटघाटमा रहने चौथाइवाले बिहीबार नयाँ दिल्ली फर्कने छन्।

वैशाख ३ गते धनगढीमा भएको मानसखण्ड सम्मेलन समापन समारोहमा सहभागी हुन सडकमार्गबाट नेपाल आएका थिए।

प्रकाशित: ६ वैशाख २०८० ०३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App