१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

ठूला आयोजनामा मात्र बजेट विनियोजन नीति

लिसंखुपाखर गाउँपालिकाले आगामी आर्थिक वर्ष (आव)देखि ठूला आयोजनामा मात्र बजेट विनियोजन गर्ने नीति अघि सारेको छ। धेरै टुक्रे योजनामा छुट्ट्याइने वितरणमुखी बजेटले प्रतिफल दिन नसकेको निष्कर्ष निकाल्दै गाउँपालिकाले ठूला आयोजना बनाएर मोटो रकम विनियोजन गर्ने निर्णय गरेको हो। ‘गाउँपालिकाका सातवटै वडालाई ठूला योजना बनाउन भनेका छौं,’ चालु आवको योजना, कार्यक्रम र सेवा प्रवाहको अवस्थाबारे हालै आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष कमल नेपालले दुई वर्षको अनुभव सुनाउँदै भने, ‘टुक्रे योजनाले लाभ दिने रहेनछ।’

मेलम्चीका सप्लायर्सद्वारा डेढ अर्ब बक्यौता उठाउन माग

मेलाम्ची खानेपानी आयोजनामा कार्यरत कर्मचारी र विभिन्न निर्माण सामग्री आपूर्ति गर्ने स्थानीय व्यवसायीहरुले इटालिएन ठेकेदार कम्पनी सीएमसीसँगको झण्डै डेढ अर्ब रुपैयाँ बक्यौता उठाई दिन आयोजनालाई गुहारेका छन्।

पुराना आयोजनालाई मात्रै बजेट

सरकारले बुधबार आर्थिक वर्ष २०७६÷७७ को बजेट सार्वजनिक त ग¥यो। तर, गण्डकी प्रदेशभित्र नयाँ र ठूला आकारका आयोजनाका लागि संघीय सरकारले बजेट नदिएको भन्दै यहाँ असन्तुष्टि बढेको छ। पूरानै र वहुवर्षे आयोजनालाई निरन्तरता दिनमात्र बजेट दिएको, नयाँ कार्यक्रम केही नभएको उनीहरुको गुनासो छ।

खानेपानी र सरसफाईका लागि ४३ अर्ब ४६ करोड विनियोजन

मेलम्ची खानेपानी आयोजना आगामी आर्थिक वर्ष सम्पन्न गर्नका लागि सरकारले ७ अर्ब ३९ करोड विनियोजन गरेको छ।

बुढी गण्डकी जल विधुत आयोजनाको लागि १३ अर्ब ५७ करोड बजेट

सरकारले बुढी गण्डकी जल विधुत आयोजनाको लागि आगामी वर्षमा १३ अर्ब ५७ करोड बजेट बिनियोजन गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाकाे लागि ७ अर्ब ३९ करोड बजेट बिनियोजन

सरकारले को काम आगामी वर्ष सम्पन्न गर्नका लागि ७ अर्ब ३९ करोड बजेट बिनियोजन गरेको छ ।अर्थमन्त्री डा। युवराज खतिवडाले आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै मेलम्ची आयोजनाको लागि बजेट बिनियोजन गरेका हुन् । सरकारले मेलम्ची खानेपानी आयोजना यो वर्ष सम्पन्न गर्दै दोस्रो चरणको थालनी गर्ने भएको छ।

‘महत्वाकाँक्षी नयाँ आयोजना छैनन्’

अर्थ मन्त्रालयका उच्च अधिकारीहरुका अनुसार खतिवडाले विश्वका कम्युनिस्ट शासकहरुले जस्तै वितरणमुखी कार्यक्रमलाई जोड दिएकाले त्यसैअनुसार बजेट बनाइएको छ। कर्मचारीको तलब, सामाजिक सुरक्षाभत्ता, सांसदलाई बजेट, विभिन्न क्षेत्रमा अनुदानलगायतमा बजेट वितरण गरिएको छ।

सरकारविरुद्ध खनिए नेकपाकै सांसद, अटेरी गरेको भन्दै संसदीय समितिमा चर्काे आलोचना

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। नेकपाका सांसदहरु राधा ज्ञवाली, भूमिप्रसाद त्रिपाठी र पाल्देन छेपाङ गुरुङले बुढीगण्डकी जलविद्युत आयोजनाको कामलाई अझै अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन्।

ग्रामीण विद्युतीकरणको माग

सोलुखुम्बुका सरोकारवालाले ग्रामीण विद्युतीकरणको माग गरेका छन्। बुधबार स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाले सोलु करिडोर विद्युत् प्रसारणलाइन आयोजना कार्यान्वयन कार्यालय तिङलामा ग्रामीण विद्युतीकरणसहित नौ बुँदे मागपत्र बुझाएका हुन्।

तीन वर्षसम्म डिपिआर अधुरै

सरकारले उच्च प्राथमिकता दिएको भनेर चर्चा गरिएको जलाशययुक्त नलसिंहगाड जलविद्युत् आयोजनाको विस्तृत कार्ययोजना प्रतिवेदन (डिपिआर) तीन वर्षसम्म पनि बन्न सकेको छैन।

गौरवका आयोजनालाई पर्याप्त बजेट

वर्षौंदेखि सम्पन्न हुन नसकेका आयोजना समयमै सक्न अर्थले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमा ३५ प्रतिशत बढाउने तयारी गरेको छ। विकासे अन्य मन्त्रालयको अवस्था पनि यस्तै छ। चालु आर्थिक वर्षमा विनियोजित बजेट खर्च गर्न नसकेको भौतिक मन्त्रालयले ३५ प्रतिशत वृद्धि गरिएको बजेटलाई कसरी खर्च गर्न सक्ला भन्ने प्रश्न उब्जिएको छ।

पुर्नस्थापन ठाउँप्रति वुढीगण्डकी विस्थापितको असन्तुष्टी

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाले विस्थापित हुनेलाई पुर्नस्थापना गर्न निर्धारण गरेको ठाउँबारे स्थानीयले असन्तुष्टी जनाएका छन्।

मेलम्ची आयोजना छिटो सुरु गर: समिति

खानेपानी तथा सरसफाइ मन्त्रालयले सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाउन सहयोग गर्ने भएको छ।

मेलम्चीको काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन

खानेपानीमन्त्री विना मगरले क्याविनेटमा छलफल गरेर मेलम्ची खानेपानी आयोजनाको बाँकि कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन्। उनले स्वच्छ खानेपानीको अभाव हुन नदिने गरी सरकारले आवश्यक काम कार्वाहीलाई अघि बढाइएको दाबी पनि गरिन्।

सान्जेनको ७३ प्रतिशत काम पूरा

आयोजनामा सुरुङ, पावरहाउस र हेडवक्र्स निर्माणको काम भइरहेको छ। हेडरेस टनेल निर्माणको काम ८२ प्रतिशत सकिएको छ। तीन हजार ६ सय ७१ मिटर हेडरेस सुरुङमध्ये तीन हजार २४ मिटर सुरुङ निर्माण गरिएको प्रशासकीय अधिकृत सुनिलप्रसाद रेग्मीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्