१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

कालीगण्डकी डाइभर्सन आयोजना रद्द गर्न माग

कालीगण्डकी डाइभर्सन आयोजना सम्बन्धमा गण्डकी प्रदेश सरकारद्वारा सोमबार यहाँ आयोजित सर्वपक्षीय बैठकले आयोजनाको विरोध गरेको छ।

सूचना पाटीबिनै सम्पन्न हुन्छन् आयोजना !

विकास आयोजनाको काम शुरुआत भएपछि आयोजनाको विवरण सहित सार्वजानिक सूचना पाटी अनिवार्यरुपमा राख्नु पर्ने हुन्छ । यसका लागि विकास आयोजनाको लागत बाँडफाँड गर्दा सूचना पाटीका लागि दुई हजारभन्दा माथि रुपैयाँ विनियोजन समेत गरिएको हुन्छ ।

समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनःकर्जाको सुविधा

नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनःकर्जा उपलब्ध गराउने भएको छ।

बाढीपहिरोबाट २६ विद्युत् आयोजनामा क्षति

अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ। कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

मेलम्ची दोस्रो चरणको निर्माण अघि बढाइँदै

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा सरकारले दोस्रो चरणको निर्माण समेत अघि बढाउने भएको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा सो आयोजनाका लागि तीन अर्ब ५१ करोड विनियोजन गरेको छ।

याङ्ग्री र लार्के खोलामा तत्काल निर्माण कार्य सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको परीक्षणसँगै याङ्ग्री र लार्के खोलामा समेत तत्काल आयोजना निर्माण कार्य सुरु गर्न निर्देशन दिएका छन्।

जलविद्युत् र सिँचाइ आयोजनाबीच चर्कियो विवाद

खोटाङको रावाबेसी गाउँपालिकामा हाइड्रोपावर र सिँचाइ आयोजनाबीच विवाद चर्किएको छ। दूधकोसी पावर कम्पनी प्रालिले निर्माण गर्ने ६.५ मेगावाटको रावाखोला जलविद्युत आयोजना र रावाबेसी गाउँपालिका–६ हौंचुरस्थित हौंचुर गरा सिँचाइ आयोजनाबीच विवाद चुलिएको हो।

मेलम्ची मेलोः हतारमा उद्घाटन, अहिले परीक्षण

मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै सुरुङ परीक्षणको बहानामा करिब दुई महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै सरकारले हतारमा आयोजना उद्घाटन गरेको बुझ्न सकिन्छ । संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आयोजना हतारमा उद्घाटन र शिलान्यास गरेको भनी आरोप लाग्दै आएको छ ।

कमला नदी नियन्त्रण आयोजनामा उपभोक्ताको धर्ना

नदी नियन्त्रणको काम सम्पन्न गरेपनि रकम निकासा नभएको भन्दै उपभोक्ताहरुले कमला नदी नियन्त्रण आयोजना कार्यालय धनुषामा धर्ना दिएका छन् ।

दुधकोसी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको काम आगामी आवबाट

नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको काम सुरु गर्ने जनाएको छ।

सुनकोसी मरिण डाइभर्सन आयोजनालाई २ अर्ब ४६ करोड बजेट विनियोजन

सरकारले सुनकोसी मरिण डाइभर्सन परियोजनालाई तीव्र गतिमा काम अगाडी बढाउन २ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ।

रसुवागढी जलविद्युत् आयोजनाले तीन वर्षमा ७ हजार बढी विरुवा रोप्यो

रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाले तीन वर्षमा ७ हजार भन्दा बढी विरुवा रोपेको छ । आयोजनाले आयोजना तथा प्रसारण लाइन निर्माणको लागि रुख कटान गरेवापत ७ हजार ३ सय ८१ वटा विरुवा रोपेको हो ।

निर्माण सम्पन्न नहुँदै लिखु ४ को डिसेन्डिङ बेसिन फुट्यो

निर्माण कार्य सम्पन्न नहुँदै ओखलढुंगा र रामेछापको सिमानामा निर्माणाधिन ५२.४ मेगावाट क्षमताको लिखु ४ जलविद्युत आयोजनाको डिसेन्डिङ बेसिन (बालुवा थिग्राउने पोखरी) फुटेको छ। ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका र रामेछापको लिखुतामाकोसी गाउँपालिकाको बीचबाट बग्ने लिखु खोलाबाट विद्युत उत्पादनका लागि सुरु गरिएको जलविद्युत आयोजनाको बालुवा थिग्राउने पोखरी परीक्षणकैक्रममा बिहीबार राती फुटेको हो।

रसुवागढी जलविद्युत आयोजनाको उपकरण जडानको काम १४ महिनादेखि ठप्प

इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको भोइठ हाइड्रो इण्डियाले गएको २०७६ चैत ८ गतेदेखि काम रोकेको थियो। कोरोनाको असर कम भएपछि ठेकेदारले ६ जनालाई निर्माणस्थलमा ल्याएको थियो। बाँकी कामदार अझै आउन सकेका छैनन्।

जलविद्युत् आयोजनाको मनपरीः जथाभावी जंगल फँडानी, बिरुवा रोप्न अटेर

रसुवा र धादिङको सीमाक्षेत्र सोमदाङमा ९ वर्षअघि सुरु गरिएको माथिल्लो मैलुङ ए जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । आयोजनाको पहुँचमार्ग तथा थप संरचना निर्माणको लागि १ सय ४१ वटा रुख कटान भइसकेको छ । काटिएका रुखमा गोब्रे सल्ला र धुपीसल्लो जातका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्