८ वैशाख २०८१ शनिबार
अर्थ

कमला नदी नियन्त्रण आयोजनामा उपभोक्ताको धर्ना

कमला नदी नियन्त्रण अन्तर्गत भैरहेको काम । काम गरेको रकम भुक्तानी नपाएपछि कमला नदी नियन्त्रण आयोजना कार्यालय धनुषामा धर्ना बसेका उपभोक्ता समितिका पदाधिकारी । तस्बिरः मिथिलेश/नागरिक

नदी नियन्त्रणको काम सम्पन्न गरेपनि रकम निकासा नभएको भन्दै उपभोक्ताहरुले कमला नदी नियन्त्रण आयोजना कार्यालय धनुषामा धर्ना दिएका छन् । कामको मूल्यांकन गरी छिटो रकम निकासा दिन भन्दै सिरहा, धनुषा र सिन्धुलीका उपभोक्ताहरूले दवाव स्वारुप धर्ना दिएका हुन् ।

सोमबारबाट उपभोक्ताहरू धर्ना दिन आयोजनाको कार्यालयमा आउन थालेको आयोजना प्रमुख राजन भट्टराईले बताए । 'हामीले पैसा भएर भुक्तानी नदिएको भने होइन,' भट्टराईले नागरिकसँग भने,‘माथिबाट पैसा नै नआएर समस्या उत्पन्न भएको हो । हामीले उपभोक्ता समितिहरुलाई चार पाँच दिन पर्खिन आग्रह गरेका छौं तर उहाँहरु मानिराख्नु भएको छैन्,' उनले भने ।

पहिला यस आयोजना कार्यालयले ८ जिल्लाको नदी नियन्त्रण काम हेथ्र्यो । पोहोरदेखि कमला नदी नियन्त्रणमा यो आयोजना खुम्चिएको छ । सिरहा, धनुषा र सिन्धुली जिल्ला अन्तर्गतकाे कमला नदी नियन्त्रणमा यस आयोजना कार्यालय कार्य गर्दै आएको छ । पहिला भारत सरकारको प्रसस्तै पैसा हुन्थ्यो प्रमुख भट्टराईले भने,‘भुक्तानी लगायतको समस्या हुँदैन्थ्यो । पोहोरबाट नेपाल सरकारले पैसा दिन थालेपछि समस्या आएको उनले बताए ।’

यस आर्थिक वर्षमा आएको १५ करोड रकम फागुनमै सक्यो उनले भने,‘नदी नियन्त्रण, तटबन्ध निर्माण लगायतको काम हुनै सकेन ।’ माघमा ४४ करोड रकम जलस्रोत तथा उर्जा मन्त्रालयमार्फत अर्थसँग माग गर्यौ उनले भने,‘वैशाख १० गत्ते ८ करोडको काम गर्न सहमति दियो । तर पैसा अझै आइसकेको छैन ।’

बाँध निर्माण, ममर्त, स्पर निर्माणका कामहरु कतिपय सम्पन्न भैसकेका छन् । कतिपय अन्तिम चरणमा छन् । तर अर्थ मन्त्रालयबाट आउनुपर्ने रकम नआउँदा समस्या भएको उनले बताए । वैशाखमा अर्थबाट ८ करोड र विभागबाट ३ करोड बराबरको सहमति प्राप्त भएपछि कामको रफ्तार बढायौं उनले भने,‘तर सहमति अनुसारको रकम प्राप्त नहुँदा गाह्रो भयो ।’

जेठपछि काम नदी नियन्त्रणको काम वर्खाका कारण गर्न नसकिने भएकाले छिट्टै सक्ने भनेको तर वार्षिक बजेट आउन ढिला हुँदा उपभोक्ताको भुक्तानीमा ढिलाई भएको भट्टराईको प्रष्टोक्ती छ ।

प्रकाशित: १८ जेष्ठ २०७८ १४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App