१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

एमसिसीको आर्थिक विवेचना

एमसिसीको अनुदान लिएर बुटवलसम्म प्रशारण लाइन बनाउनु (जुन भारतको गोरखपुरसँग जोडिनेछ) भनेको बिजुली सस्तोमा भारत निकासी गरेर नेपाललाई बिजुली खपत बढाउनबाट वञ्चित गर्नु हो ।

चिलिमे–त्रिशूली ३बी हब प्रसारण लाइनको ६०% काम सकियो

प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ। ६ वटा टावर खडा गरिएको छ। आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली ३बी हबसम्म आठ किलोमिटर चार सर्किट निर्माण गर्नेछ।

मदन भण्डारी लोकमार्गः पुल एप्रोचमा कालोपत्रे नहुँदा दुर्घटना बढ्दै

सदरमुकाम गाईघाटदेखि पूर्वतर्फ बसाहासम्म र पश्चिमतर्फ गाईघाट–कटारी खण्डमा बनिसकेका दर्जन हाराहारी पुलका एप्रोच सडक कालोपत्रे नहुँदा दुर्घटनाले क्षति बेहोर्नु पर्ने बाध्यता आईपरेको हो।

सुवास र प्रदीप भिड्ने

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गरे।

'काठमाडौंमा बसेर मेलम्चीकाे पानी झार्ने मिति तोक्नु उचित होइन'

'पटक–पटक वार्ताका लागि आग्रह गरे पनि अहिलेसम्म कोही पनि सम्पर्कमा आउनु भएको छैन', अर्यालले भने, 'काठमाडौँमा बसेर पानी झार्ने मिति तोक्नु उचित होइन।'

छ लेन सडक विस्तार: धरान बजारमा अन्यौल, दुहवीमा बजार क्षेत्र छाड्ने टुंगो

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विराटनगर–धरान सडक खण्ड निर्माणमा धरानको बजार क्षेत्र सडक विस्तारमा अन्यौल भएको छ।

असफल मेलम्ची आयोजना

मेलम्ची खानेपानी आयोजना राजधानी उपत्यकाको काकाकुल सपनामाथिको निर्मम ठट्टा हो। यतिका वर्ष लगाएर पूरा गरिसकेपछि फेरि पानी नआउने गरी विपत्ति आइलाग्नुको कारण आयोजना निर्माणमा देखिएको कमजोरी प्रमुख रूपमा दोषी छ।

तत्काल बन्दैन मेलम्चीः सरकारले ल्यायो दुई विकल्प

सुन्दरीजलबाट काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणालीलगायत संरचना निर्माणका लागि २१ अर्ब रूपैयाँ खर्च भएको छ। दुई दशक लामो प्रयासपछि गत चैतदेखि मेलम्चीको पानी उपत्यकामा वितरण गर्न थालिएको थियो।

पोखरामा खानेपानी समस्या हल गर्न ‘मादी आयोजना’

पोखरामा खानेपानी समस्या समाधान गर्न नेपाल खानेपानी संस्थान पोखराले दीर्घकालीन गुरुयोजना अघि सारेको छ। संस्थानले महानगरका ३३ वटै वडालाई लक्षित गरी ‘मादी खानेपानी गुरुयोजना’ अघि सारेको छ। योजनालाई नेपाल खानेपानी संस्थान तथा खानेपानी मन्त्रालयले पनि चासो दिएको छ।

सामुदायिक भवन बनाउन १० लाख सहयोग

सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि १० लाख सहयोग गरेको छ।

‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनालाई

नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेका छन्।

अर्याश र अनुश्रीलाई उपाधि

अर्याश पौडेल र अनुश्री धोजुले गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा शुक्रबार यु–८ उमेर समूहतर्फको उपाधि जितेका छन्।

विद्युत् उत्पादन रोक्ने कुनै निर्णय भएको छैन : मुख्यसचिव

नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले जलविद्युत् आयोजना सर्वेक्षण अनुमति रोक्ने कुनै निर्णय नभएको स्पष्ट पारे।

प्रसारण लाइन निर्माणका लागि सात टावर तयार

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिएको छ। आयोजनाको प्याकेज–३ अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि हालसम्म सात टावर निर्माण सम्पन्न गरिएका छन्।

तल्लो साञ्जेन जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा

विद्युत्गृहमा पानी ल्याउने सुरूङको निर्माणपश्चात् कङ्क्रिट तथा पेनस्टक सुरूङमा पाइप राख्ने कामसमेत धमाधम अगाडि बढिरहेको आयोजनाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्