६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनालाई

नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेका छन्। 

पोखरास्थित फेवाताल किनारमा शनिबार साँझ सम्पन्न ‘फाइनल’ सो जोडीले उपाधिसहित २० लाख र एक करोड बराबरको जीवन बिमा पुरस्कार प्राप्त गर्न सफल भएका हुन्। यसैगरी बालचन्द्र बराल र शोभा कार्कीको जोडी द्वितीय घोषित भएका छन्। उनीहरुले १० लाख र ५० लाखको बिमा पुस्कार पाएका छन्।

सविन आचार्य र रीता रावतको जोडी तृतीय बन्दै तीन लाख पुरस्कार पाए भने राजेन्द्र पाठक र मीना नेपालको जोडीले सान्त्वना स्थान हासिल गरेर दुई लाख पुरस्कार पाएका छन्। प्रतियोगितामा विजयी कलाकारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिताको निर्णायकमा वरिष्ठ लोकगायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रहेका गीतकार रमेश बिजी र गायक तथा गीतकार चन्द्र शर्मा थिए। नेपाल टेलिभिजनमार्फत हरेक हप्ताको शनिबार दोहोरी च्याम्पियन कार्यक्रम प्रसारण हुँदै आएको थियो।

देशभरबाट डिजिटल अडिशनबाट छनोट भएकामध्ये ३५ समूहको फिजिकल अडिशन हुँदै उत्कृष्ट २४ समूह छनोट गरिएको थियो। उत्कृष्ट २४ समूहबीच प्रतिस्पर्धा हुँदै ‘दोहोरी च्याम्पियन’ फिनालेसम्म पुगेको आयोजकले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०७८ ०४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App