७ वैशाख २०८१ शुक्रबार
खेल

अर्याश र अनुश्रीलाई उपाधि

अर्याश पौडेल र अनुश्री धोजुले गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा शुक्रबार यु–८ उमेर समूहतर्फको उपाधि जितेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको यु–८ को फाइनलमा ब्वाइजतर्फ अर्याशले सुजन कुइँकेललाई १०–५, १०–६ र गल्र्समा अनुश्रीले सारा पन्तलाई १०–४, १०–६ को सेटमा हराउँदै उपाधि जितेका हुन्। ब्वाइज यु–१२ तर्फ बोरिस अधिकारी र दर्सिल श्रेष्ठले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

शुक्रबार भएका खेलमा बोरिसले श्रीजन भट्टराईलाई ६–२, ६–१ ले र दर्सिल श्रेष्ठले निसाद जोशीलाई ६–१, ६–२ ले हराए। बोरिस यु–१४ तर्फ पनि सेमिफाइनलमा पुगेका छन्।

गणेशमान सिंह फाउन्डेसनको आयोजनामा भएको प्रतियोगिताको गल्र्स यु–१० मा शिभाली गुरुङले मालाश्री सिंहलाई ६–० र ६–० ले हराइन्। सिनियरतर्फ पुरुष एकलमा प्रणव खनालले गोविन्द नेपालीलाई ७–५, ६–० ले, अकिजुवेन राउतले निजेज महर्जनलाई ६–०, ६–० ले, जितेन्द्र परियारले गौरवप्रताप शाहीलाई ६–२, ६–० ले, नवीन पाइजाले नीरज गुरुङलाई ६–१, ६–२ ले, निशान श्रेष्ठले युगेन शेर्पालाई ६–२, ६–१ ले, आरभसम्राट हाडाले इभ्याक जोशीलाई ६–०, ६–० ले, प्रदीप खड्काले आर्यन गिरीलाई ७–५, ६–३ ले तथा ऋतिक राणाले भाष्करमान सिंहलाई ६–१, ६–१ ले हराए।

पुरुष  युगलतर्फ प्रणव खनाल र जितेन्द्र परियारको जोडी, निहालजंगबहादुर थापा र अकिजुवेन राउतको जोडी, प्रदीप खड्का र अनिल शाहीको जोडी तथा नवीन पाइजा र ऋतिक राणाको जोडीले सफलता पाए।

खनाल र परियारको जोडीले युगेन शेर्पा र भीष्मजंग गुरुङको जोडीलाई ६–१, ६–० ले, थापा र राउतको जोडीले निशान श्रेष्ठ र निजेज महर्जनको जोडीलाई ६–२, ६–२ ले, खड्का र शाहीको जोडीले गौरवप्रताप शाही र गगन महर्जनको जोडीलाई ६–३, ६–० ले तथा पाइजा र राणाको जोडीले आर्यन गिरी र दावा शेर्पाको जोडीलाई ७–५, ७–६ को सेटमा हराए।

पुरुष ३५ वर्षमाथि कमलबहादुर भण्डारी, विकास थापामगर, सञ्जीव श्रेष्ठ, भीष्मजंग गुरुङ, नवीन श्रेष्ठ, सुभाष बस्नेत, नीरज थापा र सीमान्त गुरुङले सफलता पाए। पुरुष ४५ वर्षमाथिको प्रतिस्पर्धामा रोहित सुनुवार, सुदर्शन विष्ट, सिजर गुरुङ, महेश श्रेष्ठ, गोपी भट्टराई, सुकमान तामाङ, आशिष सिग्देल र विमलकुमार गुरुङले पनि जित निकाले।

प्रकाशित: १३ कार्तिक २०७८ ०३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App