१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

उत्पादन भएर खेर गइरहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि जलविद्युत् आयोजना फाइदामा जाने भएको छ। दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको ताराखोला जलविद्युत् आयोजनाले जनाएको छ।

मेलम्ची खानेपानी आयोजनाः अस्थायी मर्मतको जिम्मा सिनो हाइड्रोलाई

समितिले आयोजनाको हेडवक्र्स तथा सुरुङ निमाणको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोलाई करिब ३२ करोड रूपैयाँ लागतको भेरिएसन स्वीकृत भएको पत्र चार दिनअघि दिइसकेको छ।

मादी गाउँपालिकाले भन्योः एक्याप हटाएर हामीलाई अधिकार देउ

मादी गाउँपालिकाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) हटाउन माग गरेको छ। मादी गाउँपालिकाको दशौं गाउँसभाले एक्याप हटाउन संघ सरकारसँग माग गरेको हो।

निजी क्षेत्रले पनि बर्खायाममा ५ सय मेगावाट बिजुली बेच्ने

भारतको मनिकरणले बर्खामा नेपालमा उत्पादित पाँच सय मेगावाट बिजुली खरिद गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ। भारतीय कम्पनीले नेपाल पावर एक्सचेन्जमा १५ प्रतिशत स्वपुँजी लगानी गर्नेछ। भारतीय कम्पनीले नेपालको जलविद्युत् आयोजनामा दीर्घकालीन विद्युत् खरिदबिक्री सम्झौता गर्ने समेत उल्लेख गरिएको छ।

सुनकोसी–मरिण डाइभर्सनलाई बजेट अभाव हुँदैनः अर्थमन्त्री शर्मा

सुनकोसी–मरिण डाइभर्सनको सुरुङको काम सुरु भइसकेको जानकारी दिँदै उनले सबै काम सुचारु गर्न थप २० अर्ब बजेट स्वीकृत गरी सिँचाइ मन्त्रालयमा पठाइसकिएको अर्थमन्त्री शर्माले जनाए।

मेलम्ची खानेपानी आयोजना अझै अन्योलमै

मेलम्ची खानेपानी आयोजना बाढीपहिरोले क्षतिग्रस्त भएको ६ महिना बित्यो। क्षतिग्रस्त आयोजनाको काम कुन ढाँचा र कुन निकायले गर्ने अहिलेसम्म सुरसार गरेको देखिँदैन।

सुरक्षा सावधानी

प्रायः सबै निर्माणको आयु हुन्छ। सडक, पुल, भवन वा यस्तै अन्य आयोजना कहिले निर्माण भएको हो ? त्यसको नियमित जाँच र अनुगमन कहिले गर्नुपर्ने हो भन्ने अभिलेखन आवश्यक हुन्छ। यी सबै सुरक्षाका बारेमा ध्यान दिँदामात्र सर्वसाधारणले सुरक्षित महसुस गर्न सक्छन्।

निर्माणाधीन आयोजनाको दुर्घटना छानबिन गर्न समिति गठन

साहस ऊर्जाले प्रवर्द्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विष्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो।

बूढीगण्डकी आयोजनाः तीन वर्षदेखि गेजुबाको होल्डमा

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज ६ गते १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना बिनाप्रतिस्पर्धा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्सट्रक्सन एन्ड फाइनान्स (इपिसिएफ) मोडलमा (सिजिजिसी)लाई दिने निर्णय गरेका थिए। तर चिनियाँ कम्पनीले यो अवधिमा कुनै पनि काम गर्न सकेन।

सोलु कोरिडोरमा समय दोब्बर लागे पनि लागत उही

ठेक्का सम्झौता अनुसार सम्झौताको साढे दुई वर्षभित्रै आयोजनाको निर्माण सम्पन्न हुनुपर्ने थियो। तर ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीय अवरोधका कारण तोकिएको समयभन्दा झन्डै साढे दुई वर्षपछि मात्रै निर्माण सम्पन्न हुने तर्खरमा पुगेको हो।

ठेकेदार भागेपछि सडक निर्माण अलपत्र

म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र पारेर ठेकेदार भागेपछि सडक निर्माण बीचैमा रोकिएको छ।

मेलम्ची खानेपानी आयोजना: टुङ्गो लागेन निर्माण कम्पनीको अवधि थप्ने विषय

मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुङ्गो लाग्न सकेको छैन। अस्थायी रूपमा पानी काठमाडौँ ल्याउनका लागि अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुङ्गो लगाइसकेको छैन।

भरतपुर महानगरमा झन्डै चार अर्बका खानेपानी आयोजना, स्थानीयवासी खुसी

जनप्रतिनिधि आएपछि भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानी आयोजना नयाँ निर्माण, विस्तार र मर्मत सुधार भएका छन्। पहाडी क्षेत्रसमेत रहेको महानगरमा खानेपानी विस्तारसँगै स्थानीयवासी लाभान्वित भएका छन्।

मंसिर २५ देखि अध्यक्ष कप

खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्य राखेर सुनसरीको गढी गाउँपालिकास्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता मंसिर २५ देखि हुने भएको छ। प्रतियोगिता पुस ३ गतेसम्म चल्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्