२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

‘टिभिएस राइडर सप्तरंग ३’ हुँदै

देशका सातै प्रदेशमा टिभिएस राइडर सप्तरंग ३ को आयोजना हुने भएको छ। आयोजक गीष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ।

सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रस्ट्याउनु नै ‘सप्तरंग’ को मूल आशय रहेको कम्पनीले जनाएको छ।

शुक्रबारदेखि काँकडभिट्टाबाट सुरु हुने यो योजनामा पुस ९ मा पोखरामा पुगेर समापन हुनेछ। यो अभियानमा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्यकलाकार सन्दीप छेत्री, राजाराजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीलगायत जोडिएका छन्।

प्रकाशित: २३ मंसिर २०७८ ००:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App