११ मंसिर २०८१ मंगलबार
image/svg+xml

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हस्तकला मेला

‘हस्तकलाको प्रवर्द्धन, महिला सशक्तीकरणको संवर्द्धन’ भन्ने नाराका साथ ललितपुरमा महिला हस्तकला मेला आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाको प्राङ्गणमा मेला शुरु भएको हो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मेलाको उद्घाटन गरे।

कोरोनाले रोकिएका मेलापर्व मनाउन थालियो

कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएका मेला, पर्व, खेलकुद तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुन थालेका छन्। कोरोनाको त्रास कम हुँदै गएपछि पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका ठाउँमा मेता–पर्वहरू सुरु भएका हुन्।

केएल टावरमा भ्यालेन्टाइन लक्षित मेला

मेलामा ४० भन्दा धेरै आउलेट राखिएका छन्। मलमा बालबालिकादेखि बयस्क सबै उमेर समूहका लागि आवश्यक पर्ने विभिन्न कम्पनीका ब्रान्ड अनुसार ५० प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको बताइएको छ।

स्वस्थानी व्रतकथा मेला आजदेखि सुरु (फोटोफिचर)

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ।

इच्छाकामना पञ्चमी मेला स्थगित

चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने भएको छ ।

कमला नदीमा अद्भूत मेला

‘पापकी छय, धर्मकी जय...’ भन्नेजस्ता आ–आफ्नो इष्ट देवताहरुको नाम फलाक्दै धामीझाँक्री मादल, झ्याली, ढोलपिपहीजस्ता बाजाको तालमा कमला नदीमा सपथ ग्रहण गर्न पुग्ने गर्छन्।

चुनावको नतिजाबारे के भनिन् ट्रम्पकी श्रीमतीले ?

डोनाल्ड ट्रमले अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा अस्वीकार गरिरहेको समय उनकी श्रीमती मेलानिया ट्रम्पले मुख खोलेकी छन्। ट्रम्पलाई मेलानियाले नतिजा स्वीकार गर्न भनिरहेको समाचार आइरहेको समयमा उनले त्यसलाई खारेज गरिदिएकी छन्।

इन्द्रदह मेला स्थगित, भक्तजन फर्काइँदै

प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लाग्ने स्नान मेला स्थगत भएको छ।

गोसाइँकुण्डमा करिब १ हजारले मेला भरे

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यो वर्षको गोसाइँकुण्ड मेला प्रभावित बनेको छ । जनैपूर्णिमाको अवसरमा लाग्ने मेलामा हरेक वर्ष पाँच हजार भन्दा बढी तीर्थयात्रीले मेला भर्दै आएकोमा यो वर्ष निकै कम आएका छन् ।

गोसाइँकुण्डमा मेला भर्न तीर्थयात्री आउन थाले

गोसाइँकुण्ड मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको छ । जनैपूर्णिमाको अवसरमा लाग्ने मेला साउन १० गतेदेखि सुरु भएको थियो ।

गोसाइँकुण्ड मेला सञ्चालन नगर्ने निर्णय

जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला यो वर्ष सञ्चालन नहुने भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै मेला सञ्चालन नगर्ने निर्णय गरिएको हो ।

देवघाटमा बोलबम मेला नहुने

कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो ।

'रोप, रोप रोप्नेरीऔं असारमा गोडौंलीं'

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण पछिल्लो समय नेपाल पनि जोखिममा पर्दै गइरहेको बेला सरकारले लागु गरेको बन्दाबन्दीले डोल्पाको धान रोपाई मेलालाई भने छुन सकेन। लकडाउनका बीच पनि हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा यो वर्षको धान रोपाई मेला सम्पन्न भएको छ।

प्रशासनले बिचमै मेला रोकिदिएपछि...

महिला उद्यमीद्वारा बुटवलमा सञ्चालित मेला प्रशसानले बिचमै रोकीदिएपछि आयोजकले क्षतिपूर्तीको माग गरेका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश ५ ले बुटवलमा लघु घरेलु साना तथा औद्योगिक कृषि व्यापार एवमं पर्यटक महोत्सव गरेको थियो। फागुन २१ गतेदेखि सञ्चालित सो मेला चैत २ गतेसम्म चल्ने भनिएको थियो।

अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला सुरु

लोकसंस्कृतिको प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय लोकसांस्कृति मेला सुरु भएको छ। शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले मेलाको उद्घाटन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्