१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कमला नदीमा अद्भूत मेला

कमला नदीमा धामी खेल्दै झाँक्रीहरु । तन्त्रमन्त्र गरेको दृश्य हेर्ने र कमला नुहाउनेहरुको भीड । तस्बिरः नागरिक

प्रत्येक वर्षजस्तै यस वर्ष पनि कात्तिक पूर्णिमामा कमला नदीमा अद्भूूत मेलाको रोमाञ्चकता देखिएको छ। पहेँलो धोती/सारी पहिरिएका नव धामी–झाँक्रीहरु बलेको आगोसहितको माटोको ढकना (भाडा) र बेतको लाठी हातले घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै कमला नदीमा आउने गर्दछन्।

‘पापकी छय, धर्मकी जय...’ भन्नेजस्ता आ–आफ्नो इष्ट देवताहरुको नाम फलाक्दै धामीझाँक्री मादल, झ्याली, ढोलपिपहीजस्ता बाजाको तालमा कमला नदीमा सपथ ग्रहण गर्न पुग्ने गर्छन्। सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरुको आज सोमबार बिहान घुइँचो लागेको हो।

सूर्योदयसँगै सोमबार बिहानै सैयौं नव धामीझाँक्रीहरुले कमला नदीमा डुबुल्की लगाई गुरुहरुसँग शपथ लिन्छन्। आइतबार रातीबाटै कमला नदी किनारमा भगता (देउता) खेल्नहरुको घुइँचो लागेको थियो। आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने गरिएको लोक मान्यता छ।

कमला नदीमा आएर सपथ लिएपछि धामीझाँक्रीहरु पोख्त हुने लोक विश्वास छ। भारतहित सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी लगाय जिल्लाबाट उफ्रिदै आएका धामीझाँक्रीको लस्कर तन्त्रमन्त्र गरेको दृश्य हेर्न कमला नदीमा निकै ठूलो भीड लाग्ने गर्दछ।

प्रकाशित: १५ मंसिर २०७७ ०८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App