११ मंसिर २०८१ मंगलबार
image/svg+xml

खाने बानीमा सुधार गर्न खाद्य मेला

खाने बानीमा सुधार ल्याउन रुपन्देहीको तिलोत्तमामा खाद्य मेला लाग्ने भएको छ। परम्परागत पोषिलो खानेकुराको प्रयोग बढाउदै लगेर आन्तरिक उन्पादनबाटै आत्मनिर्भर हुने वातावरण सृजना गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा र तिलोत्तमा नगरपालिकाको आयोजनामा खाद्य मेला गर्न लागिएको हो।

पर्साको महुवनमा कृषि मेला

पर्सा जिल्लामा पर्ने महुवन बजारमा शुक्रबार कृषि मेला सुरु भएको छ। तरकारी उत्पादनमा जिल्लाकै प्रमुख थलोका रुपमा रहेका भौराटार, पटनी, विश्रामपुर, सेमरवारी लगायतलाई पायक पर्नेगरी कृषि ज्ञान केन्द्र वीरगन्ज पर्साले कृषि मेला आयोजना गरेको हो।

‘युके’ शैक्षिक मेला हुँदै

वेलायतका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई केन्द्रित गरी एसआई युके नेपालले अन्तर्राष्ट्रिय शैक्षिक मेला आयोजना गर्ने भएको छ।

वीरगन्जमा प्रदेशस्तरीय रोजगार मेला

वीरगन्जमा पहिलो पटक प्रदेशस्तरीय रोजगार मेला आयोजन भएको छ। त्रिजुद्ध माध्यमिक विद्यालयमा आयोजित एकदिने ‘बृति परामर्श तथा रोजगार मेला’को उद्घाटन प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले गरे। बेरोजगार युवा र रोजगारदाताबीच सम्पर्क स्थापित गराएर रोजगारी वृद्धी गराउने उद्देश्यले सो मेला आयोजन गरिएको आयोजक वीरगन्ज महानगरपालिकाले जनाएको छ।

गोरखाको तातोपानीमा मितिनी मेला

मितिनी वा मित भन्ने कुरा मन, उमेर वा उस्तै देखिने व्यक्तिहरुबीचको सम्बन्ध भन्ने बुझिन्छ। परिवारले वा साथीभाईले दुई जनाबीचको सम्बन्ध अझै प्रगाढ बनाउन मित लगाउने प्रचलन छ। तर गोरखाको एउटा यस्तो ठाउँ छ जहाँ माघ १६ देखि १९ सम्म जात्रा लगाएर मितिनी लगाईन्छ त्यो पनि एक/दुई होइन धेरै जनाको।

विकासका लागि सूचना प्रविधि अनिवार्य

वीरगन्जमा बिहीबार दोस्रो प्रदेशस्तरीय क्यान इन्फोटेक मेला सुरु भएको छ। माघ १३ गतेसम्म चल्ने मेला उद्घाटन पूर्वराष्ट्रपति रामबरण यादवले उद्घाटन गरेका हुन्।

सूचना प्रविधि विकासको लागि अनिवार्य : पूर्वराष्ट्रपति यादव

वीरगन्जमा बिहीबार दोश्रो प्रदेशस्तरिय क्यानइन्फोटेक मेलाको उद्घाटन भएको छ। नेपालमा सूचना प्रविधि विकास, प्रवद्र्धनका पछिल्लो दुई दशक भन्दा बढी समयदेखि काम गर्दै आएको आईटी व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)पर्सा र प्रदेश २ समितिले यो आइटी मेला आयोजन गरेका हुन्।

डुब्न लागेको रभुँवामा मेला

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दूधकोसी किनारमा रहेको रभुँवामा बुधबार माघे संक्रान्ति मेला लागेको छ। रावाबेंसी गाउँपालिका–३ लामीडाँडामा पर्ने रभुँवामा २००७ सालभन्दा अघिदेखि लाग्दै आएको मेलालाई जिल्लाको ऐतिहासिक मेला मान्ने गरिएको छ।

रिडीमा माघे सङ्क्रान्ति मेला सुरु (फोटो फिचर)

आज माघे सङ्क्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दानधार्मिक कार्य गरी मनाइदैछ। आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। जेठी, माइली र कान्छी सङ्क्रान्तिको रुपमा मनाइने माघे सङ्क्रान्ति मेला पाल्पा स्याङ्जा र गुल्मीको संगमस्थल रुरु क्षेत्रमा सुरु भएको छ।

रभुँवामा ऐतिहासिक मेला सुरु

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दुधकोसी किनारमा रहेको रभुँवामा माघे सङ्क्रान्ति मेला लागेको छ। माघे सङ्क्रान्तिको अवसरमा खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा पर्ने रभुँवामा बुधबार भव्य माघे सङ्क्रान्ति मेला लागेको हो। रभुँवामा २००७ साल भन्दा अघिदेखि लाग्दै आएको मेलालाई जिल्लामा ऐतिहासिक मेला मान्ने गरिएको छ।

देवघाट मेलामा मांस र मदिरा निषेध

नवलपुर, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला लाग्दैछ। गत वर्षभन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको काम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए।

नमस्ते शंखरापुर

साँखुमा शुक्रबारबाट स्वस्थानी मेला सुरु भएको छ। जुन मेला महिना दिनसम्म चल्नेछ। मेलामा आध्यात्मिक वातावरण हुन्छ। मेला भरेर फर्कंदा त्यहाँबाट सागसब्जी, गेडागुडी, खुवा र परम्परागत भाँडावर्तन कोसेली ल्याउन पाइन्छ।

शालीनदीमा स्वस्थानी मेला : यातायात, सुरक्षा र स्वास्थ्य प्राथमिकतामा

स्वस्थानी व्रत सुरु भएसँगै काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखुको शालीनदीमा शुक्रबारदेखि स्वस्थानी मेलामा भक्तजनको चहलपहल सुरु भएको छ। शुक्रबार बिहान पाँच बजे शालीनदीमा व्रतालुले एकैपटक नुहाएर व्रत शुभारम्भ गरेका हुन्।

लगानीको वातावरण अझै बनेन : उपाध्यक्ष गोल्छा

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलको देवीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला मंगलबार सकिएको छ। मेलाको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकमा लगानीका परिसूचकहरु राम्रो देखिए पनि लगानीको वातावरण बन्न नसकेको बताए। मुलुकको अर्थतन्त्र सुधारका लागि नीजि क्षेत्रको मनोबल बढाएर लगानी आकर्षण गर्न सरकारलाई उनले सुझाव दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्