५ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

चौथो प्राङ्गारिक कृषि मेला हुने

काठमाडौं- माघ १७ देखि २० गते सम्म ललितपुरको पाटन संग्राहलयमा चौथो प्राङ्गारिक कृषि मेला २०७६ आयोजना हुने भएको छ।

अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा मेला आयोजना गर्न लागिएको हो। अर्गानिक उत्पानलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न मेलाले सहयोग पुर्‍याउने विश्वास आयोजकको छ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले मेलामा कृषि उपाजहरु तथा कृषि तथा वाणिज्य, व्यापार सम्बन्धि प्रोजेक्टहरुका विषयमा जानकारी लिन सकिने बताए। उनले मेलामा ५० भन्दा बढी स्टलहरु रहने र एक करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य राखिएको बताए।

मेलाले उत्पादक र उपभोक्ताबीचको मूल्य अन्तरलाई कम गर्दै उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक वस्तुहरु उपलब्ध गराउने उद्देश्य राखेको छ। मेलाको उद्घाटन कुषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले गर्ने संयोजक कोइरालाले बताए।

प्रकाशित: १२ माघ २०७६ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App