१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

स्वस्थानी व्रतकथा मेला आजदेखि सुरु (फोटोफिचर)

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले पूजाको विधि, पूजामा चाहिने सामग्री तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जानकारी दिइसकेको छ। हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने सुनाउने परम्परा छ।

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले माघ १५ गतेदेखि एक महिनासम्म चल्ने शालीनदी मेलाका लागि कोभिड–१९ को महामारीका कारण मापदण्ड र कार्यविधि बनाएर मेला सञ्चालन गरेको हो।

कोभिड–१९ को महामारीको कारण शालीनदी मेलाका लागि समितिले बढीमा ५० जना बर्तालु राख्ने गरी व्रत पूजा सञ्चालन गरेको समितिले जनाएको छ। गत वर्ष बर्तालुकोे सङ्ख्या ३०० भन्दा धेरै थियो। यो वर्ष कोभिड–१९ को महामारीका कारण समितिले ५० को सङ्ख्या तोकेको हो।

खुशी 75%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 12.5%
क्रोधित 12.5%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App