१७ असार २०८१ सोमबार
image/svg+xml

जगदीशपुरमा जल उद्धार नमुना अभ्यास

नेपाल कै सबै भन्दा ठुलो कृत्रिम तालकाहरु रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर–९ जगदीशपुर तालमा जल उद्धार नमुना अभ्यास ( सेमुलेशन ) सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । बिपतको पूर्व तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण हेड क्वाटर कपिलवस्तुको अगुवाइमा स्थानीयको सहभागितामा घटना अभ्यास (सेमुलेसन एक्सरसाईज) गरिएको हो ।

नेपालमा विपद् जोखिम तथा व्यवस्थापन

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सबै प्रदेश र स्थानीय सरकारहरू उत्तिकै सक्षम छैनन्। यिनको संस्थागत क्षमता विकास गर्न जरुरी छ।

वन डढेलो र आगलागीका घटना बढ्दै

आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन्।

फिलिपिन्स आँधीः ४७ को मृत्यु, ६० जना बेपत्ता

बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी उनले दिएका छन्। कुसियोङमा एघार जना बालबालिकाको शव उद्धारकर्मीले माटोको ढिस्कोबाट निकालेका उनले बताए। कुसियोङका ६० जना हराइरहेका छन्।

खेत बाँझै भएपछि संकटग्रस्त घोषणा गर्न माग

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनबारे बैठकमा जानकारी गराइएको छ। यससँगै जिल्ला विपद् व्यवस्थापन समितिका यस अघि २०७९ असार १६ गते भएका निर्णयको कार्यान्वयनको अवस्थाबारे समीक्षा पनि गरिएको छ।

राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न गृहमन्त्रीको निर्देशन

सरकारले विपद् जोखिम न्यूनीकरण गर्न दिएको रकम सदुपयोग गर्न प्राधिकरण क्रियाशिल हुन जरुरी रहेको बताए। मन्त्री खाँणले विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणलाई पनि सार्वजनिक खरिद ऐन लागू हुने भन्दै प्रचलित कानून अनुसार कोषको रकम खर्च गर्नुपर्ने बताए।

विपद् जोखिम न्यूनीकरण गर्न तीन तहबीच सहकार्य आवश्यक: मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताए।

पुनर्निर्माण प्राधिकरणको दायित्व, सम्पत्ति, श्रेष्ता लगायत हस्तान्तरण हुने

प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तान्तरण भएका बाँकी कार्यहरू समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

विषम मौसमको कारक जलवायु परिवर्तन

पानी पर्ने मौसम सकिँदा पनि पछिल्ला केही दिनमा भएको भारी वर्षाका कारण देशभर बाढी तथा डुबानका घटना बढेका छन्। यस किसिमको बेमौसमी वर्षा जलवायु परिवर्तनका कारण भएको हुन सक्ने विज्ञ बताउँछन्। मनसुन र जलवायुको परम्परागत प्रवृत्तिमा आएको परिवर्तनले उत्पन्न विपद्बाट जनजीवन प्रभावित भएको छ।

सुनिता र प्रकाश विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

दुलाल र सपुतले प्राकृतिक प्रकोप र यसबाट आउने विपद् जोखिम न्यूनीकरण योजनामा कलाकारलाई सहभागी गराएर प्राधिकरणले रचनात्मक कार्यको थालनी गरेको भन्दै आफूहरू सहयोग तथा समर्थन गर्न प्रतिबद्ध रहेको तर्क गरेका थिए।

विपद् जोखिम न्यूनीकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्‍याउनु पर्ने बताएकी छन्।

कोरोनाको उच्च जोखिममा डोल्पा: रोकथाम र नियन्त्रणमा नगरको ४० लाख

कोरोना जोखिम न्यूनीकरणमा यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका छन्। पछिल्लो समय हिमाली जिल्ला डोल्पामा कोरोना संक्रमणको दर बढ्दै गएको र समयमा यसको रोकथाम तथा नियन्त्रणमा ध्यान नपुर्‍याए कोरोनाले उच्च रुप लिने बताउँदै यसको रोकथाम र नियन्त्रणमा यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका हुन्।

तटबन्ध लगाएर पानीको मुहान संरक्षण

वडा कार्यालय र युनिसेफ नेपालको सहयोगमा रेडक्रसबाट सञ्चालित बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रमले ग्याविन वाल लगाएपछि पानीको मुहान संरक्षण भएको हो।

कोरोना बढेपछि सरकारले दियो यस्तो आदेश

कोरोना सङ्क्रमण बढेसँगै सरकारले जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्