संसारभरका पर्यटक स्वागत गर्न नेपाल तयार
विनाशकारी भूकम्पपछि गति लिँदै गएको नेपाली पर्यटन क्षेत्र अब संसारभरका पर्यटकलाई स्वागत गर्न सक्ने गरी तयार भएको छ ।
विनाशकारी भूकम्पपछि गति लिँदै गएको नेपाली पर्यटन क्षेत्र अब संसारभरका पर्यटकलाई स्वागत गर्न सक्ने गरी तयार भएको छ ।
कुनै निश्चित रुटमा पर्यटक बढी हराउँछन् भनेर किटान गर्न सक्ने अवस्था छैन। तथ्यांकले पनि कमबेसी टे्रकिङका सबै रुटमा पर्यटक हराइरहेको देखाउँछ। हिमाली क्षेत्रका टे्रकिङ रुट कतै हिउँले पुरिएका हुन्छन् त कतै अप्ठेरो संरचनाका कारण जोखिमपूर्ण हुन्छन्। यस्तोमा हिमालसम्बन्धी सामान्य अनुभव तथा प्राविधिक ज्ञानको अभावमा बाटो भुलेर पर्यटक हराउन पुग्छन्।
लगातार वर्षा हुँदा चितवनका विभिन्न ठाउँहरु जलमग्न भएका छन्। शुक्रबारदेखि परेको वर्षा आइतबारसम्म जारी नै छ। शनिबार साँझदेखि निरन्तर पानी परेका कारण खोलाहरु उर्लेर आएका छन्।
सन् २०१७ को सुरुआतमा सुस्त देखिएको विदेशी पर्यटक आगमन दर पछिल्लो केही महिनामा ह्वात्तै बढेको छ। पूर्वी नाकाको पैदलमार्ग हुँदै नेपाल भित्रने विदेशी पर्यटक संख्या बढेपछि पूर्वको पर्यटन कारोबारले यतिबेला राहत महसुस गरिरहेको छ।
जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको लदाम बगैंचालाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । बगैंचालाई आधुनिक र व्यवस्थित बनाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने कार्यको थालनी गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन पहल थालेका हुन् । उनले थालनी गरेको अभियानलाई सफल तुल्याउन सबै क्षेत्रबाट सहयोग मिलेको छ । खत्रीले सन्धिखर्कको मुख्य बजारमै रहेको शान्ति बगैंचालाई पनि सुन्दर, मनोरम बनाउन योजना अघि सारेका छन् । शनिबार प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले लदाम बगैंचामा निर्माण गरिने मन्दिरको शिलान्यास गरे । पूजाआजा सहित उनले मन्दिरको शिलान्यास गरेका हुन ।
हिमालपारिको जिल्ला मुस्ताङमा वर्षेनी दुईजना पर्यटकको लेक लागेर मृत्यु हुने गरेको छ । कागबेनीदेखि उपल्लो क्षेत्रमा पुग्ने पर्यटकको यसरी ज्यान गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
लामो समयदेखि संरक्षण नभएर भग्नवशेषमा परिणत भएकोे हिलिहाङ दरबार आसपासमा पर्यटकीय पूर्वाधारको विकासको प्रयास थालिएको छ। हिलिहाङ गाँउपालीकाको पञ्चमीमा पर्ने ऐतिहासिक दरबाार भएको दाबी गरिए पनि यसको विकासमा खासै ध्यान पुगेको देखिएको थिएन।
नाम चलेको पयर्टकीय केन्द्र हो–ठमेल। नेपालमा वर्षेनी करिब छ लाख पयर्टक आउँछन्। नेपाल आउने अधिकांश पर्यटक ठमेल पुगेकै हुन्छन्। अझ धेरै पयर्टक त एयरपोर्टमा झरेर सिधै ठमेल पुग्छन्।
नेपालको स्विजरल्याण्ड भनेर चिनिने सगरमाथाको प्रवेशद्धार जिरी नगरपालिका चुनावी सरगर्मीले तातेको छ।
नयाँ वर्षको अवसरमा खोटाङका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । जिल्लाको रुपाकोट, मझुवागढी, ट्याम्के, मैयुँ, हलेसी, भुम्जुडाँडा लगायतका पर्यटकीयस्थलमा नयाँ वर्ष मनाउने स्थानीयको भीड लागेको हो ।
नयाँ वर्ष २०७४ को पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरामा यतिखेर आन्तरिक पर्यटकको निकै चहलपहल देखिएको छ ।
पर्यटकको अत्यधिक चापले सोलुखुम्बुको गोरसेप तथा लबुचेका होटेलमा बस्न र सुत्न समस्या भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष अत्यधिक पर्यटक प्रवेश गरेपछि उनीहरुलाई खुवाउन तथा बास बस्न होटल अभाव भएको होटल व्यवसायीहरुको भनाइ छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायाजुमडाँडामा किराँतीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा राख्ने काम सुरु गरिएको छ ।
होटल व्यवसायीहरूले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो र अव्यवस्थित हुँदा चाहेर पनि धेरै पर्यटक ल्याउन नसकेको गुनासो गरेका छन्।
उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ ।