३ मंसिर २०८१ सोमबार
image/svg+xml

पर्यटक तान्दै ललितपुरका गाउँ

हिजोआज उपत्यकाबासी भीडभाड र धुवाँधुलोदेखि हैरान छन्। केही छिन वा एक दिन भए पनि उनीहरू शान्त ठाउँ खोज्छन् तर त्यो सहरनजिकै होस्। उनीहरूको चाहनाबमोजिम अहिले उपत्यका नजिकका ग्रामीण बस्तीमा होमस्टे र स्थानीय उत्पादन पनि फस्टाउन थालेका छन्।

सम्पदा नबुझेका पर्यटक गाइड

पाँच महिनाअघि ललितपुर पाटन दरबारमा जर्मन पर्यटक घुमाउन आएका एक गाइडले दरबारको सुन्दरी चोकलाई सिद्धिनरसिंह चोक भनेर पर्यटकलाई सूचना दिए। गत फागुन २२ गते अर्का गाइडले सिद्धिनरसिंह चोकलाई मूर्तिचोक र गरुडको मूर्तिलाई सिद्धिनरसिंहको मूर्ति भन्दै पर्यटकलाई झुक्याए।

पर्यटक बढे पनि आम्दानी बढ्न सकेन

केही वर्षयता बुद्ध जन्मस्थल लुम्बिनीप्रति विदेशीको आकर्षण बढ्दै गएको छ। बौद्ध धर्मालम्बीका साथै युरोप, अमेरिका जस्ता मुलुकबाट पनि लुम्बिनी आउनेको संख्या उल्लेख्य बढेको छ। लुम्बिनी विकास कोषको तथ्यांकअनुसार वार्षिक डेढ लाखको हाराहारीमा बाह्य पर्यटक लुम्बिनी आउँछन्।

पर्यटकको गन्तव्य होमस्टे गाउँ

लाङटाङको गन्तव्य तय गरेर पहिलोपटक नेपाल घुम्न आएका अस्ट्रेलियन नागरिक एरिक जोल्किनलाई लाङटाङ हिमशृंखला र रसुवाका अन्य प्राकृतिक सौन्दर्यले जति आकर्षित बनायो, त्योभन्दा धेरै यहाँको होमस्टेले लोभ्यायो।

घोडेपानीका होटलमा चिनियाँ पर्यटक खचाखच

म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन्। पर्यटन व्यवसायका हिसाबले अफ सिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने चिनियाँ पर्यटकको चापसँगै घोडेपानीका होटल भरिभराउ भएका हुन्।

पर्यटकीय रेस्टुरेन्टमा भीषण आगलागी

पर्यटकीय क्षेत्र लेकसाइडको बाराहीचोकस्थित ट्राइस्टार रेस्टुरेन्टमा गएराती भीषण आगलागी भएको छ। आगलागीले रेस्टुरेन्टसँगै जोडिएको ट्राईस्टार होटलमा पनि क्षति पुगेको छ। संचालक धर्मेन्द्र बाटाजुका अनुसार रेस्टुरेन्ट बन्द गरेर कर्मचारी निस्कनै लाग्दा मंगलबार राति करिब ११ बजे आगलागी सुरु भएको थियो। विद्युत सर्ट भएर वा सिलिन्डरबा ग्यास लिक भएर आगलागी भएको हुनसक्ने उनले बताए।

जङ्गली हात्तीको आक्रमणबाट पर्यटकको मृत्यु

सौराहामा आज जङ्गली हात्तीको आक्रमणबाट एक पर्यटकको मृत्यु भएको छ। सौराहास्थित हात्ती प्रजनन् केन्द्रको अवलोकनका लागि परिवारसहित पुगेकी भारत गुजरातकी २२ वर्षीया स्नेहा कानपाराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

लुम्बिनीमा पर्यटक आगमन झण्डै ७२ प्रतिशतले बृद्धि

गत बर्ष भूकम्प र नाकाबन्दीले थलिएको लुम्बिनीको पर्यटन क्षेत्रले यो बर्ष गती लिएको छ। सन् २०१५ को तुलनामा २०१६ मा पर्यटक आगमन ७१.८१ प्रतिशतले बढेको छ। भूकम्प, नाकाबन्दी तथा मधेस आन्दोलनका कारण सन् २०१५ मा ३७ प्रतिशतले घटेको पर्यटक आगमन यसपटक उल्लेख्य रुपमा बढेको छ।

अङ्ग्रेजी नयाँ वर्षका कारण सौराहामा भरिए पर्यटक

नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटक भरिभराउ भएका छन् ।

अङ्ग्रेजी नयाँ वर्षका कारण पोखरा पर्यटकले भरिभराउ

नेपालकै लोकप्रिय पर्यटकीयस्थल पोखरा यतिखेर अङ्ग्रेजी नयाँ वर्षको आगमनससंगै पर्यटकले भरिभराउ भएकाे छ।

नारायणगढ–मुग्लिन सडकमा पर्यटक बस नरोकिने

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बिहान ११ देखि ३ बजेसम्म अन्य सवारी साधन चल्नमा रोक लगाइएपनि पर्यटक बस भने नरोकिने भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पर्यटक बोकेका गाडीलाई नरोक्न निर्देशन दिइसकेको र कुनै गाडीमा पर्यटक आएको भए सूचना दिनसमेत आग्रह गरे।

भारतीय पर्यटकले भने– ‘सुन्दर रारालार्इ नेपालले बेवास्ता गर्याे’

भारत उत्तर प्रदेशका निर्मलकुमार अग्रवाल एक साताअघि स्वर्गकी अप्सराको उपमा पाएको रारा हेर्न कर्णाली आए। राराकाे सुन्दरताले उनलार्इ माेहित गर्नु त स्वभाविक नै थियाे, उनकाे कारले भने स्थानीयलार्इ माेहित गर्याे।

एकबर्ष अघि पर्यटकसहित हराएको अल्ट्रालाइट भेटियो (फोटोसहित)

विदेशी यात्रुसहित एकवर्ष अघिदेखि बेपत्ता पोखरा अल्ट्रालाइट कम्पनिको अल्ट्रालाइट जहाज आइतबार बिहान फेला परेको छ । पोखरा विमानस्थलबाट उडेपछि हराएको जहाज माछापुच्छ्रे र अन्नपूर्ण हिमालबीचको खोचमा टुक्राटुक्रा अवस्थामा फेला परेको हो ।

भारतीय पर्यटक समस्यामा

ठूला भारु नोटमा प्रतिबन्ध लागेपछि त्यही बोकेर नेपाल आएका भारतीय पर्यटक समस्यामा परेका छन्। मुम्बईबाट आएको ३० जनाको एउटा समूह अहिले काठमाडौंमा समस्यामा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्