७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

लुम्बिनीमा पर्यटक आगमन झण्डै ७२ प्रतिशतले बृद्धि

भैरहवा- गत बर्ष भूकम्प र नाकाबन्दीले थलिएको लुम्बिनीको पर्यटन क्षेत्रले यो बर्ष गती लिएको छ। सन् २०१५ को तुलनामा २०१६ मा पर्यटक आगमन ७१.८१ प्रतिशतले बढेको छ। भूकम्प, नाकाबन्दी तथा मधेस आन्दोलनका कारण सन् २०१५ मा ३७ प्रतिशतले घटेको पर्यटक आगमन यसपटक उल्लेख्य रुपमा बढेको छ। लुम्बिनी विकास कोषका अनुसार २०१६ मा  १२ लाख ८५ हजार ६ सय ८० जना आन्तरिक तथा बाह्य पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन। यो संख्या अघिल्लो बर्षको भन्दा ५ लाख ३७ हजार ३ सय ८६ ले बढी हो । सन २०१५ मा जम्मा ७ लाख ४८ हजार २ सय ९४ पर्यटक लुम्बिनी आएका थिए। त्यसअघि सन २०१४ मा ११ लाख ९३ हजार ८ सय २८ पर्यटक लुम्बिनी आएका थिए।

सन् २०१६ मा विश्वका ८१ मुलुकका पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन्। बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउनेमा सबैभन्दा धेरै आन्तरिक पर्यटक छन्। दोश्रोमा भारतीय र तेश्रोमा राहदानी बाहक अर्थात विदेशी पाहुना छन्। एक बर्षको अवधिमा १० लाख १५ हजार १ सय ५८ जना आन्तरिक पर्यटक लुम्बिनी आए । अघिल्लो बर्ष जम्मा ४ लाख ८८ हजार ८५२ जना आन्तरिक पर्यटक लुम्बिनी आएका थिए । त्यस्तै सन २०१६ मा १ लाख ३४ हजार २ सय ६९ भारतीय लुम्बिनी आए । अघिल्लो बर्ष लुम्बिनी आउने भारतीयको सख्या १ लाख ३० हजार थियो । यो बर्ष राहादनी वाहक अर्थात तेश्रो मुलुकका १ लाख ३६ हजार २ सय ५३ पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । सन २०१५ मा लुम्बिनी आउने विदेशीको सख्या १ लाख २९ हजार थियो।

सन् २०१६ मा विश्वका ८१ मुलुकका पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन्। बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउनेमा सबैभन्दा धेरै आन्तरिक पर्यटक छन्। दोश्रोमा भारतीय र तेश्रोमा राहदानी बाहक अर्थात विदेशी पाहुना छन्।

भारत बाहेक तेश्रो मुलुकबाट लुम्बिनी घुम्न आउने पर्यटकमा  सबैभन्दा धेरै श्रीलंकाली रहेको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरीध्वज राइले बताए। त्यस्तै दोश्रोमा थाइल्याण्ड, तेश्रोमा म्यानमार,चिन,साउथ कोरीया, भियतनाम, नेदरल्याण्ड,ताइवान,जापान र बेलायतका छन्। यसपटक श्रीलङ्काबाट ५६ हजार ३३, थाइल्याण्डबाट २१ हजार ९२६ र म्यानमारबाट १५ हजार २८४ पर्यटक लुम्बिनी आए । त्यस्तै १४ हजार ८ सय ९० चिनीया, ३ हजार ९०१ कोरीयाली र ३ हजार २६३ जना भियतनामी पर्यटक छन। नेदरल्याण्डबाट ३ हजार ८६,ताइवानबाट २ हजार ९१७,जापानबाट १ हजार ४८०,बेलायतबाट १ हजार ३३४  र युएसए अर्थात अमेरिकाबाट १ हजार २७२ जना पर्यटकले लुम्बिनीको भर्मण गरेका छन । यस बाहेक अष्ट्रेलिया, जर्मन, स्वीजरल्याण्ड, फ्रन्सबाट आउने  पर्यटकहरुको सख्या पनि केहि बढेको कोषले जनाएको छ।

‘गत बर्षको मधेस आन्दोलन, भुकम्प र नाकाबन्दीले पर्यटक आगमन निकै प्रभावित बन्यो’कोषका सूचना अधिकृत राइले भने ‘तुलनात्मक रुपमा यो बर्ष केही शान्त रह्यो जसले पर्यटक आगमनमा बृद्धि भयो।

बुद्धजन्म स्थल लुम्बिनीमा विशेषगरी सन २०१० पछि पर्यटक आगमनले गती लिन थालेको हो। सन् २०१० मा ५ लाख ८३ हजार ४४२ र २०११ मा ५ लाख ८७ हजार ५३० जना आन्तरिक तथा बाह्य पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए । सन २०१२ मा सो सख्या बढेर ७ लाख ५८ हजार २६९ पुगेको थियो। २०१२ लाइ लुम्बिनी भ्रमण बर्ष घोषणा गरी प्रचार प्रसारलाइ तीब्र पारीयो। सन् २०१३ मा आन्तरिक तथा बाहिय गरी ८ लाख ४९ हजार र २०१४ मा ११ लाख ९३ हजारले लुम्बिनीको भ्रमण गरेका थिए ।

प्रकाशित: १९ पुस २०७३ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App