५ आश्विन २०८१ शनिबार
image/svg+xml

इलामका चिया श्रमिक डेढ महिनादेखि आन्दोलनमा

सरकारले तोके अनुसारको ज्याला तथा सेवा सुविधा नपाएको भन्दै इलामस्थित चिलिमकोट चियाबगानका मजदुरहरू डेढ महिनादेखि आन्दोलन गरिरहेका छन्।

इलामका ६ जना समाजसेवी सम्मानित

विभिन्न क्षेत्रमा योगदान गर्ने ६ जनालाई इलाममा सम्मान गरिएको छ। जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले समाजका लागि लामो समय योगदान गर्ने अग्रजलाई नगदसहित सम्मान गरेको हो।

सम्पर्कमा आए सिक्किममा बेपत्ता भएका पाँच नेपाली

भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढी पछि सम्पर्कबिहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन्।

युवकको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई जन्मकैद

जिल्ला अदालत इलामले युवकको हत्यामा संलग्न रहेका दुई जनालाई जन्मकैदको सजाय सुनाएको छ।

कृषिमा सवा चार करोडका कार्यक्रम

करिब पाँच दर्जन कार्यक्रमका लागि प्रदेश सरकारबाट चार करोड ११ लाख र सङ्घीय सरकारबाट १५ लाख रुपैयाँ विनियोजित छ।

पाथीभरा मन्दिरको ८९ लाख भेटी कहाँ हरायो ?

इलामको रोङ गाउँपालिकास्थित प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी र दाताको सहयोग रकम ‘हिनामिना’ भएको भेटिएको छ।

बिरामीको चाप बढेपछि शय्या र स्वास्थ्यकर्मी अभाव

बिरामी भुइँमै सुतेर उपचार गराउन बाध्य छन् भने स्वास्थ्यकर्मीको संख्या कम हुँदा उपचारमा समस्या भइरहेको छ।

रेडहर्ष इलाम ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

झापा दमकको गोर्खा स्र्पोटिङ क्लबलाई २–० ले पराजित गर्दै रेडहर्ष फुटबल क्लब,इलाम ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्ड कपको सेमिफाइनल पुग्ने दोस्रो टिम बनेको छ ।

इलामका चुरेमा वन तस्करी नियन्त्रण बाहिर

असार र साउनमा माई नगरपालिका–८ को सतासीधाम सामुदायिक वनमा सखुवाका १७ हरिया रुख काटेको भेटियो। खोजी गर्दैजाँदा वन उपभोक्ता समिति अध्यक्षसहितका सात जना पक्राउ परे।

पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न पद्धति नै बदल्नुपर्छ : गगन थापा

नेपाली कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नै नसकिने अवस्था रहेको बताएका छन्। तर, उनले गुटबन्दी रोग नभई लक्षण भएको बताए।

फरक जिल्लाका उपभोक्ता भएका वन संरक्षणमा ‘चुनौती’

वनक्षेत्र इलामभित्र भए पनि बढी उपभोक्ता अन्य जिल्लामा रहेका सामुदायिक वनको संरक्षण चुनौतीपूर्ण बनिरहेको छ। उपभोक्ता मात्र नभई वन समितिका मुख्य पदाधिकारी अर्को जिल्लाका बासिन्दा हुँदा वन संरक्षणभन्दा विनाश बढी हुने गरेको देखिएको हो।

कैदी भागेपछि सुधारिएको कारागार

जब ती कैदीले आफू भाग्नुको ‘रहस्य’ खोले, त्यसले प्रशासनलाई कारागार व्यवस्थापन सुधार्न आँखा खोलिदियो।

अनुदानको कागती बिरुवामा फल्यो बिमिरो !

इलाम नगरपालिका वडा ४ ले अनुदानमा बाँडेको कागतीको बिरुवामा बिमिरो (अमिलो जातको अर्कै फल) फलेको छ। सुनकागती भनेर वडाले बाँडेको बिरुवामा बिमिरो फलेको किसानले गुनासो गरेका छन्।

इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु

इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ।जिल्ला प्रशासन कार्यालय इलामले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो। विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए।

अब चिया बगान हेर्न इलाम जानु पर्दैन

पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ। काठेखोला गाउँपालिका-७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्