१० मंसिर २०८१ सोमबार
image/svg+xml

शाहलाई आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी

सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशक (निमित्त प्रमुख)को जिम्मेवारी नागेन्द्र शाहलाई दिएको छ। निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिए पछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शाहलाई निमित्त प्रमुखको जिम्मेवारी तोकेको हो।

नेपालमा लगानीको विस्तार गर्न क्यानाडाली राजदूतलाई मन्त्री रिजालको आग्रह

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालमा लगानी विस्तार गर्न नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेलाई आग्रह गरेका छन्। मन्त्री रिजालले राजदूतसँग भएको शिष्टाचार भेटमा यस्तो आग्रह गरेका हुन्।

३५ हजार लिटर पानीको आवश्यकता पर्नेमा २० हजार लिटर मात्रै आपूर्ति

कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ।

किन अभाव भइरहन्छ रासायनिक मल?

देशभर मल आपूर्तिका लागि जिम्मेवार सरोकारवालाहरूले दिएको तथ्याङ्कमा देखिएको भिन्नताले माग र आपूर्तिबीचको वास्तविक अन्तर कति छ भन्ने प्रष्ट छैन ।

विद्युत् आपूर्ति भरपर्दाे बनाइने

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फागुनभित्र निर्माण सम्पन्न नभए विद्युत् उपलब्ध भएर पनि आपूर्ति दिन नसकी बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै ठेकेदार कम्पनीलाई कारबाहीको चेतावनी दिएका छन् ।

चाडपर्वमा बिजुली आपूर्ति नियमित गराउन मन्त्रीको निर्देशन

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैं, तिहार,नेपाल संवत्, छठ जस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्तिको प्रबन्ध गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।

बोस डिजेल व्यवसाय अझ बढाउने लक्ष्य

नेपाल प्रवेश गरेको एक वर्षभन्दा बढी समयपछि बोसले नेपाललाई रणनीतिक महत्वको क्षेत्रको रूपमा पहिचान गर्दै आफ्नो प्रतिबद्धता पुनः स्थापित गरेको छ।

विदेशी लगानी भित्र्याउन ‘अटोमेटिक रुट’

प्रक्रियागत झन्झटका कारण विदेशी लगानी आकर्षित हुन नसकेको गुनासो आइरहेका बेला सरकारले ५० करोड रूपैयाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट स्वीकृत गर्ने भएको छ ।

नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न सरकार तयार छः उद्योगमन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताएका छन्।

अख्तियारको धरापमा उच्च पदस्थ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्च पदस्थ कर्मचारीलाई धमाधम भ्रष्टाचार मुद्दा दर्ता गर्न थालेको छ ।

सरकारले क्रसर उद्योगको व्यवस्थापन गर्न सकेन: मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकारले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नसकेको बताएका छन्।

फर्निचर तथा फर्निसिङ उत्पादनको मेला ‘फर्नेक्स २०२३’ सुरु

फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत् मेला ‘फर्नेक्स २०२३’ सुरु भएको छ। भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नवौं संस्करणको एक्स्पो उद्घाटन गरेका हुन्।

‘सरकारले उद्योग चलाउने होइन, नियमन गर्ने होः उद्योग मन्त्री रिजाल

मन्त्री रिजालले सरकारले कृषि, उद्योग, जलविद्युत् वा पर्यटन कुन क्षेत्रलाई बढी प्रथामिकता दिने हो त्यस विषयमा प्रष्ट खालको नीति र भिजन चाहिने बताए। ‘हाम्रो पुरानो कार्यशैली परिवर्तन गर्नैपर्ने हुन्छ।

अर्थ समितिद्वारा मलको आपूर्ति सम्बन्धी समस्या समाधान गर्न निर्देश

प्रतिनिधिसभा अर्थसमितिको बैठकले मलको यथार्थ माग सम्बन्धी तथ्याङ्क यकिन गरी माग र आपूर्तिबीच देखिएको फरकको पूर्ति गर्न निर्देशन दिएको छ।

लैंगिक समानता र सामाजिक समावेशितामैत्री लगानी नीतिमा जोड

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा डेलिगेसन अफ युरोपियन युनियनले मंगलबार लैंगिक समानता र सामाजिक समावेशिता मैत्री व्यापार तथा लगानी नीतिका विषयमा कार्यशाला गोष्ठी आयोजना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्