१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

विदेशी लगानी भित्र्याउन ‘अटोमेटिक रुट’

प्रक्रियागत झन्झटका कारण विदेशी लगानी आकर्षित हुन नसकेको गुनासो आइरहेका बेला सरकारले ५० करोड रूपैयाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट स्वीकृत गर्ने भएको छ ।  

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको दफा ४२ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट विदेशी लगानीलाई स्वीकृत गर्ने नीतिगत व्यवस्था गरेको हो । अब विश्वको जुनसुकै मुलुकबाट लगानीकर्ताले अनलाइन आवेदन दिएपछि अनलाइनबाटै लगानीको प्रारम्भिक स्वीकृति पाउनेछन् ।

विदेशी लगानीलाई सहजीकरण गर्न र स्वचालित रूपमा स्वीकृत गर्न नयाँ व्यवस्था गरिएको उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले बताए । ‘विदेशी लगानीकर्ताले ५० करोड रूपैयाँसम्म लगानी गर्न विदेशबाटै आवेदन दिन सक्छन्,’ उनले भने, ‘लगानीकर्ताले स्वचालित रूपमा अनलाइन प्रणालीबाट नै प्रि–अप्रुभल पाउँछन् ।’ नीतिगत व्यवस्था भए पनि ‘सफ्टवेयर’ बनाउने काम बाँकी रहेको गौतमले बताए । ‘लगानीकर्ताले आवश्यक कागजात अनलाइनमा अपलोड गर्छन्,’ उनले भने, ‘अनलाइनबाटै अटोमेटिक रूपमा लगानी स्वीकृति पाउनेछन् ।’ यो प्रणाली विकासका लागि आवश्यक पूर्वाधार निर्माण गरिने विभागले जनाएको छ ।

वायु, सौर्य शक्ति, बायोमास वा अन्य स्रोतहरूबाट ऊर्जा उत्पादन गर्ने उद्योग, त्यस्तो ऊर्जा उत्पादन गर्न प्रयोग गरिने मेसिन तथा उपकरण निर्माण गर्ने उद्योगमा स्वचालित रूपमा वैदेशिक लगानी ल्याउन सकिनेछ । 

विदेशी लगानी ल्याउन सरकारले गरेको यो कानुनी व्यवस्था स्वागतयोग्य रहेको प्रतिक्रिया निजी क्षेत्रको छ । नीतिगत व्यवस्था गरे पनि कार्यान्वयन पक्ष महत्त्वपूर्ण रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘लगानी आकर्षित गर्न नीतिगत सुधार भएको छ,’ उनले भने, ‘अब सही अर्थमा निर्णय कार्यान्वयन हुनुपर्छ ।’  

राजपत्रमा सोमबार प्रकाशित भई मंगलबारदेखि कार्यान्वयनमा आएको यो व्यवस्थाका लागि अनलाइन प्रणालीको विकास गर्न भने बाँकी छ । सरकारले लगानीकर्ताको सहजताका लागि एकल बिन्दु सेवा केन्द्र स्थापना गरेर काम गर्दै आएको भए पनि अझै प्रभावकारी रूपमा सेवा दिन नसकेको गुनासो छ ।

सरकारले विदेशी लगानी गर्न पाइने विभिन्न सातवटा क्षेत्र तोकेको छ । जसमध्ये सूचना प्रविधिमा आधारित उद्योगमा स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृति गर्दा त्यसको न्यूनतम सीमा लागु हुने छैन । वायु, सौर्य शक्ति, बायोमास वा अन्य स्रोतहरूबाट ऊर्जा उत्पादन गर्ने उद्योग, त्यस्तो ऊर्जा उत्पादन गर्न प्रयोग गरिने मेसिन तथा उपकरण निर्माण गर्ने उद्योगमा स्वचालित रूपमा वैदेशिक लगानी ल्याउन सकिनेछ । बायो ग्यासमा आधारित ऊर्जा, चिनी उद्योगको सह–उत्पादनको रूपमा उत्पादन हुने ऊर्जा, ऊर्जाको सम्भाव्यता अध्ययन गर्ने क्षेत्रमा पनि वैदेशिक लगानी ल्याउन सकिनेछ ।  

पर्यटन उद्योगमा पनि वैदेशिक लगानी गर्न सकिने छ । पर्यटन उद्योगअन्तर्गत मोटेल, होटेल, रिसोर्ट, बार तथा रेष्टुराँ, मनोरञ्जन पार्क, वाटर पार्क, सभा–सम्मेलन र खेलकुद पर्यटनमा विदेशी लगानी ल्याउन सकिने छ ।  

यसैगरी कृषि तथा वन पैदावारमा आधारित उद्योगमा पनि वैदेशिक लगानी भित्र्याउन सकिनेछ । यस क्षेत्रअन्तर्गत फलफूल तथा तरकारी प्रशोधन, हरितगृह स्थापना र सञ्चालन, रेसम प्रशोधन, चिया तथा कफी प्रशोधन, जडीबुटी प्रशोधन, रबर प्रशोधन, शीत भण्डार (स्थानीय फलफूल तथा तरकारी भण्डारण गर्ने), प्राकृतिक रेसाजन्य प्रशोधन, कागज, रेजिनलगायत अन्य गैरकाष्ठजन्य वन पैदावारमा आधारित उद्योग, नयाँ प्रविधिद्वारा बिरुवा उत्पादन गर्ने   र कपास प्रशोधनमा पनि विदेशी लगानी ल्याउन सकिनेछ ।  

पूर्वाधार उद्योगमा पनि वैदेशिक लगानी भित्र्याउन सकिने छ । पूर्वाधार उद्योगअन्तर्गत सवारी पार्किङ गृह, निर्यातजन्य वस्तुको प्रशोधन क्षेत्र, प्रदूषित पानी प्रशोधन उद्योग (वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट), फिल्म सिटी निर्माण र फिल्म स्टुडियो निर्माण, वेयर हाउस निर्माण तथा सञ्चालनमा वैदेशिक लगानी गर्न सकिनेछ ।  

पर्यटन उद्योगमा पनि वैदेशिक लगानी गर्न सकिने छ । पर्यटन उद्योगअन्तर्गत मोटेल, होटेल, रिसोर्ट, बार तथा रेष्टुराँ, मनोरञ्जन पार्क, वाटर पार्क, सभा–सम्मेलन र खेलकुद पर्यटनमा विदेशी लगानी ल्याउन सकिने छ ।  

यान्त्रिक कार्यशाला (वर्क सप), निर्माण व्यवसाय, अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, पुनस्र्थापना गृह सञ्चालन, फिजियोथेरापी क्लिनिक, आयुर्वेद तथा अन्य वैकल्पिक अस्पताल,फोहारमैला पुनःप्रशोधन, पशु चिकित्सा सेवा, स्वास्थ्य परीक्षण (एक्सरे, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्डजस्ता सेवा, स्वास्थ्य परीक्षण प्रयोगशाला) र अन्तर्राष्ट्रिय कुरियर सेवामा वैदेशिक लगानी गर्न सकिनेछ ।  

त्यस्तै सूचना प्रविधिमा आधारित उद्योगमा पनि वेदेशिक लगानी गर्न सकिने छ । जसअन्तर्गत टेक्नोलोजी पार्क, आइटी पार्क, वायोटेक पार्क, सफ्टवेयर विकास, तथ्यांक शोधन, डिजिटल म्यापिङ, बिजनेस प्रोसेस आउटसोर्सिङ (बिपिओ), नलेज प्रोसेस आउटसोर्सिङ (केपिओ), डाटा माइनिङ, क्लाउड कम्प्युटिङ वेब पोर्टल, वेब डिजाइनलगायत सेवामा विदेशी लगानी भिœयाउन सकिनेछ ।  

यसैगरी सेवामूलक उद्योग क्षेत्रमा पनि वैदेशिक लगानी गर्न सकिने छ । यस क्षेत्रअन्तर्गत यान्त्रिक कार्यशाला (वर्क सप), निर्माण व्यवसाय, अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, पुनस्र्थापना गृह सञ्चालन, फिजियोथेरापी क्लिनिक, आयुर्वेद तथा अन्य वैकल्पिक अस्पताल, खेलकुद सेवा, स्विमिङ पुल, फोहरमैला संकलन तथा सरसफाइ, फोहारमैला पुनःप्रशोधन, पशु चिकित्सा सेवा, स्वास्थ्य परीक्षण (एक्सरे, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्डजस्ता सेवा, स्वास्थ्य परीक्षण प्रयोगशाला) र अन्तर्राष्ट्रिय कुरियर सेवामा वैदेशिक लगानी गर्न सकिनेछ ।  

उत्पादनमूलक उद्योगमा पनि विदेशी लगानी गर्न सकिने छ । यसअन्तर्गत पशुपन्छी तथा माछाको दाना उत्पादन, स्टार्च, ग्लुकोज आदि उत्पादन, बेकरीका वस्तुहरू उत्पादन, पशुपन्छी तथा मत्स्यजन्य मासु प्रशोधन तथा प्याकेजिङ, आधारभूत कच्चा पदार्थबाट तेल बोसो आदि उत्पादन, कन्फेक्सनरी तथा बिस्कुट उत्पादन, चिनी उत्पादन, पेय पदार्थ उत्पादन (गैरमदिराजन्य) मा वैदेशिक लगानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

उत्पादनमूलक क्षेत्रअन्तर्गत टुथपेस्ट, साबुन तथा स्याम्पुजस्ता टोइलेट्रिस सामग्रीको उत्पादन, काँचको प्रयोग गरी वस्तुहरूको उत्पादन, साइकल, स्कुटर, मोटरसाइकल तथा मोटरगाडी बनाउने र यसमा प्रयोग हुने उपकरण बनाउने, बिजुलीको बत्ती, स्विच, मिटर, मिटर फ्युज, वायरिङको तार, कम्प्रेसर उत्पादनमा पनि विदेशी लगानी गर्न पाइने छ ।

टेक्सटाइल, गार्मेन्ट तथा कपडा बनाउने र पुनःप्रयोग गरी बनाउने, इलेक्ट्रोनिक घरायसी उपरकणहरूको उत्पादन, प्लास्टिक तथा रबर प्रयोग गरी वस्तुहरूको उत्पादन झोला, थैलो, सुटकेस, ट्रली ब्याग तथा यस्तै सामान बोक्ने अन्य झोलाको उत्पादन, परम्परागत तथा सांस्कृतिक कलामा आधारित वस्तुबाहेक काठका सामग्री बनाउने क्षेत्रमा पनि विदशी लगानी गर्न पाइनेछ ।  

उत्पादनमूलक क्षेत्रअन्तर्गत टुथपेस्ट, साबुन तथा स्याम्पुजस्ता टोइलेट्रिस सामग्रीको उत्पादन, काँचको प्रयोग गरी वस्तुहरूको उत्पादन, साइकल, स्कुटर, मोटरसाइकल तथा मोटरगाडी बनाउने र यसमा प्रयोग हुने उपकरण बनाउने, बिजुलीको बत्ती, स्विच, मिटर, मिटर फ्युज, वायरिङको तार, कम्प्रेसर तथा यस्तै अन्य वस्तु बनाउने, मेडिकल, सर्जिकल, अर्थोपेडिक कार्यमा प्रयोग हुने सामान बनाउने क्षेत्र र विद्युतीय तार उत्पादनमा पनि विदेशी लगानी गर्न पाइने छ ।

प्रकाशित: १८ आश्विन २०८० ०१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App