२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले क्रसर उद्योगको व्यवस्थापन गर्न सकेन: मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकारले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नसकेको बताएका छन्।

आज प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री रिजालले सरकारले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा देखा परेका समस्या समाधान गर्न नसकेको स्वीकार गरेका हुन। उनले समस्या उद्योगी, व्यवसायीको नभई मन्त्रालय, सरकार र संसदभित्र रहेको बताए।

उनले देशको समृद्धिका लागि हिमालको पानी र तपाईको ढुङ्गा बेच्नु स्वाभाविक भएको बताए। उनले देशमा काम गर्नका लागि हरेक ठाउँबाट हस्तक्षेप हुने गरेको बताए। काम गर्न एनजिओले समस्या पैदा गर्ने गरेको उनको भनाई छ। अदालतले पनि विभिन्न फैसला गर्ने गरेकाले काम गर्न अपmअप्ठ्यारो भएको उनले बताए।

उनले अदालत क्रान्तिकारी भएको टिप्पणी गरे। उनले सरकारले क्रसर उद्योगहरुको व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको कमजोरी भएको बताए।मन्त्री रिजालले क्रसर उद्योगमा देखिएको समस्याहरूलाई समाधान गर्ने गरी आफू अगाडी बढ्ने बताए। 

प्रकाशित: १२ आश्विन २०८० ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App