८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न सरकार तयार छः उद्योगमन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताएका छन्।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिति बैठकमा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन्।

उनले सुपारी व्यवसायीहरुसँग छलफल गरेर यसको विषयमा सरकारले निर्णय लिने बताए। उद्योग मन्त्रालयले भारत सरकारसँग सुपारी निर्यातको लागि पत्र लेखेर सहजिकरण गर्ने विषयमा सरकार तयार रहेको उनले बताए।  

उनले नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिनल सर्टिपिकेट बनाउन उद्योग वाणिज्य महासंघले नगरि अरुलाई भारतले नचिन्ने बताए। मन्त्री रिजालले नेपालमा उत्पादित सुपारी गुणस्तरिय रहेकाले नेपालमा भन्दा पनि नेपाली उत्पादित सुपारीको बजार भारत नै भएको बताए। भारत निर्यातको लागि मन्त्रालयले सहजिकरण गर्र्न तयार रहेको उनले उल्लेख गरे।

उनले नेपालमा उत्पादित सुपारी गुणस्तरिय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न नसक्ने भन्दै नेपाली सुपारीको बजार नेपाल नभएको दाबी गरे। उनले भारत निर्यातको लागि भारत सरकारसँग सहजिकरणको लागि पत्र लेख्न पनि तयार रहेको बताए। मन्त्री रिजालले बाहिरबाट नेपालमा सुपारी निर्यात गर्नुपर्ने बाध्यता रहेको बताए। नेपाल डब्लुटिओको पनि सदस्य भएकाले विना कुनै कारण कुनै वस्तु आयात रोक्न नपाउँने भएकाले समस्या रहेको उनले बताए।

उनले भने,‘नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिनल सर्टिपिकेट बनाउन उद्योग वाणिज्य महासंघले नगरि अरुलाई भारतले चिन्दैन। नेपालमा उत्पादित सुपारी गुणस्तरिय छ। त्यसको बजार भनेको भारत नै हो। भारत निर्यातको लागि मन्त्रालयले सहजिकरण गरेर हुन्छ भने गर्न सक्छौं। नेपालबाट निर्यात गर्न समस्या भएपछि भारतको अदालतमा पनि मुद्दा हाल्नुभयो। भारतको अदालतले निर्यात गर्न दियो। भारत भन्सारले बारम्बार समस्या आइरहेको छ। उहाँहरुको भनेको नेपालको विग्रेको सुपारीको बजार हो। नेपालको गुट्का उद्योगहरुको १० देखि ३५ रुपैयाँमा बिहारमा सप्लाई गर्छन्। नेपालमा उत्पादित सुपारी गुणस्तरिय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न सक्दैनन। उक्त सुपारीको नेपालको बजार होइन जस्तो बुझेको छु। भारत निर्यातको लागि भारत सरकारसँग सहजिकरणको लागि पत्र लेख्न पनि तयार छौं। मन्त्रालयसँग बसेर सकिने विषयमा मिनी संसद ठूलो निकायमा व्यवसायीहरु आउनु भयो। बाहिरबाट सुपारी निर्यात गर्नुपर्ने बाध्यता छ। नेपाल डब्लुटिओको पनि सदस्य भएकाले विना कुनै कारण कुनै वस्तु आयात रोक्न पाउँदैन भन्छ। नेपालको उद्योगहरुले १० हजार मानिसहरुलाई रोजगारी दिएको छ। सुपारी निर्यात नगर्दा १० हजार मानिसहरु बेरोजगार हुन्छन्। उद्योग बन्द हुन्छ। मन्त्रालयमा आउनुस सरकार सहजिकरण गर्न तयार छ। केही व्यवहारिक अफ्ठ्यारा पनि छन्।’

प्रकाशित: १७ आश्विन २०८० ११:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App