२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपाल र स्कटल्याडबीचको खेल आज हुँदै, नेपालले पहिला बलिङ गर्ने

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ। क्रितिपुरको क्रिकेट मैदानमा विहान ९ बजे देखि सुरु हुने यो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ।

उद्यमीहरू ब्राजिल भ्रमणमा

नेपाल ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल ब्राजिल भ्रमणमा गएका छन्।

इन्जा बौद्धिक अनुसन्धानवृत्ती पुरस्कार नेपाल र तिवारीलाई

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा)ले हरेक वर्ष प्रदान गर्दै आएको बौद्धिक अनुसन्धानवृत्ती पुरस्कार याे वर्ष जगत नेपाल र माधवप्रसाद तिवारीलाई प्रदान गर्ने भएको छ।

‘सिलिण्डर जस्ताको त्यस्तै छ, बत्ती बाल्दा स्पार्क भएर आगलागी भएको हुनुपर्छ’

नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानले भान्सा कोठामा ‘बत्ती बाल्दा स्पार्क’ भएर नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीको घरमा आगलागी भएको देखाएको छ।

ग्यास विस्फोटमा घाइते भएका चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लैजाने तयारी

घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद् डाक्टर चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार थप उपचारको लागि आवश्यक परे भारत लैजानेबारे चिकित्सकहरुसँग परामर्श गरिँदै छ।

अनियमितता आरोपमा कर्णेलको पद घटुवा

विशेष फोर्सका कमाण्डर भइसकेका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) हरि बोहोरालाई सैनिक अदालतले एक तह घटुवा गरेको हो।

राष्ट्रपति पनि एमालेको भए देश बर्वाद हुन्छः नेपाल

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले देश प्रतिगमनतर्फ जान उद्यत रहेको बताएका छन् समाजवादी प्रेस संगठन गण्डकीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले देश प्रतिगमनतर्फ जान उद्यत रहेको र त्यसको संकेत मेची किनारबाट संकेत मिलेको बताएका हुन्।

संविधानको रक्षा गर्ने राष्ट्रपतिको खोजी भइरहेको छ: अध्यक्ष नेपाल

नेकपा एमालेलाई राष्ट्रपति दिने पक्षमा समाजवादी पार्टी नरहेको र सबैले स्वीकार गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाइनुपर्ने उनको भनाइ थियो।

कुशलको शतकमा नेपालद्वारा नामिबिया पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–दुई को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नेपाल नामिबियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको छ।

एकदिवशीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा रोहितको १ हजार रन पूरा

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवशीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा एक हजार रन पूरा गरेका छन्।

नेपाल सुखद नतिजा ल्याउनेमा विश्वस्त

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा त्रिकोणात्मक शृंखलाअन्तर्गत पहिलो खेलमा आज नेपालले नामिबियाको सामना गर्दै छ।

अहिलेको सरकार इतिहास मै सबै भन्दा कमजोरः जसपा अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकार इतिहास मै सबै भन्दा कमजोर रहेको बताएका छन्। उनले सरकार धेरै दिन नटिक्ने समते दाबी गरेका छन्।

नेपालगन्जमा चार विधेयक र दुई प्रस्ताव पारित

नेपालगन्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनले चार विधेयक र दुई प्रस्ताव पारित गरेको छ।

बेल्जियमका जान डी ब्रान्ट नेपाल भलिबलका स्वमसेवक प्रशिक्षक

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उनी राष्ट्रिय टिमको भलिबलको स्वमसेवक प्रशिक्षकमा नियुक्त हुने सम्भावना भएको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्