१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

‘सिलिण्डर जस्ताको त्यस्तै छ, बत्ती बाल्दा स्पार्क भएर आगलागी भएको हुनुपर्छ’

अनुसन्धान रिपोर्ट आउन दुई/चार दिनमा आउने

तस्बिरः विष्णु क्षेत्रीको फेसबुकबाट

नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानले भान्सा कोठामा ‘बत्ती बाल्दा स्पार्क’ भएर नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीको घरमा आगलागी भएको देखाएको छ। प्रहरीका अनुसार बुधबार राति करिब १० बजेतिर सिलिन्डर आगलागि भएको थियो।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले स्विच अन गर्दा उत्पन्न भएको स्पार्कका कारण ठुलो आवाजसहित आगो लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिए। 

उनले सांसद चन्द्र भण्डारीको आफन्तको भनाइलाई उद्रीत गर्दै भने, ‘ खाना खाइसकेपछि ग्यास लिक भएर गन्ध आएपछि। आमाले ग्याँस गन्हाइरहेको छ भन्नुभएछ, त्यसपछि उहाँ आमासहित भान्सातिर जानुभएछ। भान्सा अध्याँरो थियो। अध्याँरो भएको कारण बत्ती बाल्न स्विच अन गर्ने बित्तिकै आवाजसहित आगलागी भएको देखिएको छ।’

कार्कीका अनुसार भान्छा कोठामा पहिले देखिनै ग्यास लिक भइरहेको थियो । त्यसैमा कोठाको बत्ती बाल्दा स्पार्क भयो । र, आगलागी भयो । ‘ग्याँस सिलिण्डर भने जस्ताको तस्तै छ’, उनले भने । 

 

तर स्पार्कपछिको आगलागीमा परेर नेता भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा बिहीबार कीर्तिपुरको वर्न अस्पतालमा निधन भएको छ। घाइते सांसद भण्डारीलाई बिहीबार उपचारका लागि हवाई एम्बुलेन्स मार्फत भारतको मुम्बईस्थित वर्न अस्पताल लगिएको छ। 

भण्डारीको घरमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि पुगेको थियो। टोलीले गरेको जाँचका क्रममा पनि ग्याँस विस्फोट नभई लिक भएको हुनसक्ने निष्कर्ष निकालेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठोरले भने, ‘आगलागी के कारणले भयो भन्ने खुलेको छैन। कसैले आगो लगाएको पनि होइन।’ घटनाबारे विज्ञहरुको सहयोग लिएर थप जाँचबुझ गर्ने काम भइरहेको उनले नागरिक न्युजलाई जानकारी दिए।

नेपाल प्रहरीका प्रवक्ता पुष्पराज जोशीले घटना अनुसन्धानको रिपोर्ट आउन दुई/चार दिन लाग्ने बताए।  उनले भने, ‘आगलागीको अनुसन्धान बानेश्वर प्रहरी वृत्तका डिएसपी निसान श्रीवास्तवले हेरेका छन्। अनुसन्धान भइरहेको छ। अब त्यहाँ भेटिएका तथ्यहरुको ल्याबटेष्ट गर्नुपर्छ त्यसपछि बल्ल रिपोर्ट आउँछ।’

सांसद भण्डारीको भान्सामा प्रयोग भएको राजधानी ग्याँसको रिफिलिङ उद्योग धादिङको धार्केमा छ। ग्याँस कम्पनीका सञ्चालक नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष कुश मल्ली हुन। 

प्रकाशित: ४ फाल्गुन २०७९ ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App