२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

सांग्रिला साइकल र्‍यालीको रजिष्ट्रेसन खुला

विश्व वातावरण दिवसका अवसरमा यही जेठ १९ गते सांग्रिला डेभलपमेन्ट बैंकले ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ भन्ने नाराका साथ साइकल र्‍याली आयोजना गर्ने भएको छ।

बैंकले डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, बिवाइडी तथा अन्य संघ संस्थासँगको सहकार्यमा सायकल र्‍याली हुने भएको हो। साइकल र्‍यालीमा सहभागी हुन चाहनेले यही १६ गतेसम्म अनलाइन निशुल्क दर्ता गर्न सकिने बैंकले जनाएको छ।

साइकल र्‍यालीमा बैंकले वातावरण संरक्षणप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै साइकल जस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदूषण नियन्त्रणमा टेवा पुर्‍याउन समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास छ।

प्रकाशित: १० जेष्ठ २०८१ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App