२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपालले टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री

नेपाल सरकारले टर्किएका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ।

राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन्।

नेपाली महिला राष्ट्रिय टोलीको बिदाई

ललितपुरस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, महासचिव किरण राई लगायतले बिदाई गरेका हुन्।

हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ-सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिएकी छिन्।

भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा हुँदै

प्रधानसेनापति प्रभुराम शर्माले नेतृत्व सम्हालेपछि अघिल्लो वर्ष ‘भूतपूर्व सैनिक सम्मेलन’ दिपायलबाट सुरु भएको थियो।

हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौं संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ।

चार वर्षदेखि रोकिएको जलविद्युत् आयोजनाको पिपिए खुल्यो

चार वर्षदेखि रोकिएको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको निश्चित सीमा राखेर विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) खुल्ला गरिएको छ।

राजनीतिक चलखेलको कारण सरकार बाहिर बस्न बाध्य भएका हौँ: डा.महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताएका छन्।

आकस्मिक बाहेक देशभरका स्वास्थ्य संस्थाकाे सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय

नेपाल चिकित्सक संघले शुक्रबार चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ।

माओवादीको भविष्य उज्ज्वल छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको बताएका छन्। उनले माओवादीको भविष्य उज्ज्वल भएको उल्लेख गरे।

सुदूरपश्चिमबाट उदायौँ, एमालेलाई धक्का दियौँः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रपति पदका लागि राजनितिक व्यक्ति उम्मेदवार हुनुपर्छ: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनुपर्ने बताएका छन्।

नागरिकलाई दुःख दिने परम्परा र शैली बदलौँ: महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा नहुने गरी प्रोटोकल बदल्न प्रस्ताव गरेका छन्।

पर्यटन बोर्डको नक्कली स्ट्याम्प र लेटरहेडमार्फत् भारतीय गायकलाई निम्तो गर्नेमाथि कारबाही गर्न माग

बोर्डले शुक्रबार एक सूचना जारी गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीको डिजिटल प्रतिलिपि हस्ताक्षर भएको बोर्डको नक्कली स्ट्याम्प र कम्प्युटरद्वारा निर्मित लेटर हेड प्रयोग गरी भारतीय गायकलाई २३ जनवरी, २०२३ मा पठाइएको पत्रप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

मौद्रिक नीतिको समीक्षा: भाका नाघेको एक महिनासम्म जरिवाना नलाग्ने

२०८० जेठ मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा–ब्याज दायित्व भाका नाघेको एक महिनाभित्र भुक्तान गरे पेनाल ब्याज लिन नपाइने भएपछि केही राहत पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्