२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

एकदिवशीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा रोहितको १ हजार रन पूरा

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवशीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा एक हजार रन पूरा गरेका छन्।  

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नामिबिया विरुद्धको खेलमा ५५ रन बनाएपछि रोहित ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन्।

रोहितले नेपालका लागि ३२ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन् भने आजको यस खेलसँगै उनको ३३ खेल भएको छ। उनले एकदिवसीय अन्तराष्ट्रियमा १ शतक तथा ६ अर्धशतक प्रहार गरेका छन्।

ओडीआईमा रोहितको व्यक्तिगत उच्च स्कोर १२६ रन हो। 

प्रकाशित: २ फाल्गुन २०७९ ०९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App