६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

बेल्जियमका जान डी ब्रान्ट नेपाल भलिबलका स्वमसेवक प्रशिक्षक

नेपाल भलिबल संघले नेपाल राष्ट्रिय भलिबल टिमको स्वमसेवक प्रशिक्षकमा एफआईभीबीले बेल्जियमका जान डी ब्रान्टलाई नियुक्ति गर्ने तयारी गरेको छ। 

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उनी राष्ट्रिय टिमको भलिबलको स्वमसेवक प्रशिक्षकमा नियुक्त हुने सम्भावना भएको जानकारी दिए। 

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नागरिक न्युजसँग भने, ‘हामीले एफआईभीबीसँग भलिबल प्रशिक्षकको लागि सम्झौता गरेका छौँ। अब एफआईभीबीले मार्च सम्म प्रशिक्षक पठाउँछु भनेको छ तर कहिले आउँछ भन्ने टुगो लागेको छैन। प्रशिक्षकको रुपमा बेल्जियमका जान डी ब्रान्ट पठाउँ छु भन्दै हुनुहुन्छ। पठाउँछ होला सायद। ’

उनले जुन सुकै व्यक्ति आएपनि स्वमसेवक (भोलिन्टीएर) कोचको रुपमा रहने बताए। चन्दले आफूहरूले उहाँकोलागि बस्ने खाने र हिडने व्यवस्था गर्ने हो अन्य अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले गर्ने बताए। यस्तै उनले एफआईभीबीले पठाएको चिठी परिषद् संघमा नि पठाएको बताए। 

६ महिनाका  लागि नेपाल आउने उनले महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिने छन्। जानले आगामी सेप्टाबरमा हुने एसियन गेम्ससम्म  प्रशिक्षकको रुपमा काम गर्नेछन्।

यसअघि पनि एफआईभीबीको सहयोगमा नेदरल्याण्ड्सका प्रशिक्षकहरु म्याट भान विजल, लेस्ली जे जोङ र हान अविङले नेपालमा आएर प्रशिक्षक दिइसकेका छन्। नेपाली भलिबलको विकासका लागि एआईभीबीले विदेशी प्रशिक्षक पठाएर सहयोग गर्दै आइरहेको छ। 

प्रकाशित: १ फाल्गुन २०७९ ०९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App