२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘फ्लोर क्रस’ बाट जोगिएला लुम्बिनी प्रदेश ?

४२ मत सहित अविश्वासको प्रस्तावका लागि तयारी भैरहेको यो प्रदेशमा मुख्यमन्त्री पोखरेललाई पदमुक्त गर्नका लागि बाँकी १ भोटको आवश्यक्ता पर्छ । कांग्रेसको १९, माओबादी केन्द्रका १७, जसपाका ५ र राजमोका १ सांसदले मुख्यमन्त्रीका बिरुद्ध जाने रणनीति बनाईसकेका छन् । जसपाको अनिर्णित एक मत अविश्वासको प्रस्तावका पक्षमा नआए मात्रै एमालेको नेपाल÷खनाल समुहको फ्लोर क्रस आवश्यक पर्ने छ ।

'फ्लोर क्रस मतदान' ओलीविरुद्धको संकेतमात्रै : युवराज ज्ञवाली

नेकपा एमाले खनाल–नेपाल समूहका उपाध्यक्ष युवराज ज्ञवालीले कर्णाली प्रदेशमा मुख्यमन्त्रीका पक्षमा भएको ‘फ्लोर क्रस मतदान’ अध्यक्ष केपी शर्मा ओलीको ज्यादतीविरुद्ध संकेतमात्रै भएको बताएका छन् ।

कर्णाली प्रदेशः जोगियो माओवादी नेतृत्वको सरकार

पार्टी ह्विप उल्लंघन गर्दै नेकपा एमालेका चार सांसदले मत दिएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा आफूप्रति विश्वास रहेको पुष्टि गर्न सफल भएका छन् । एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापा र देवी ओलीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । तीमध्ये ओलीले भने पछि मत फिर्ता लिएकी थिइन् ।

मन्त्रीमण्डल पुनर्गठन गर्छौं : मुख्यमन्त्री

मुख्यमन्त्री शाहीले कर्णालीको सत्ता समीकरण नयाँ ढंगले अघि बढेकाले आफूलाई संकटको बेला साथ दिएको नेपाली कांग्रेस र एमालेबाट फ्लोर क्रस गरेर साथ दिएका सांसदहरुलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने बताएका हुन् ।

हिउँदे अधिवेशन सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिने

संख्यात्मक हिसावले अल्पमतमा देखिएपनि मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि अग्रसरता देखाउनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

कर्णालीको काँग्रेसलाई केन्द्रको भर

यतिबेला कर्णालीमा सरकार उथलपुथल हुने अवस्थामा छ। कर्णालीको प्रमुख राजनीतिक दल एमाले आफ्नो सरकार बनाउने धाउन्नमा छ। यता नेकपा (माओवादी)का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई यथावत् राख्ने बल लगाइरहेको छ।

कर्णाली प्रदेशसभा : यस्तो छ शुक्रबारको कार्यसूची

‘मत विभाजका क्रममा एमालेका कम्तिमा तीन जना सांसदहरु फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा हस्ताक्षर गर्नुहुन्छ,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘गणीतीय हिसावले मुख्यमन्त्री अल्पमतमा देखिनु भएको छ, तर पनि बहुमत पुर्‍याउनुहुन्छ ।’

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले शुक्रबार विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्। उनले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका हुन्।

सडकलाई विद्युत्का पोल तगारो

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ३६ वटा सडक फराकिलो र कालोपत्रे गर्ने काम भइरहेको छ। संघीय, प्रदेश र स्थानीय सरकारमार्फत ४० करोड आठ लाख रूपैयाँमा निर्माण भइरहेका यी सडकमा पर्ने विद्युत्का पोल नहटाइँदा समस्या उत्पन्न भएको छ।

कर्णाली प्रदेश: सरकार जोगाउन मुख्यमन्त्रीको अन्तिम कसरत

नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकार जोगाउने अन्तिम प्रयास गरिरहेका छन्। नेपाली कांग्रेस र राप्रपालाई जोड्दासमेत सरकार जोगिने अवस्था छैन्। मुख्यमन्त्री शाहीको अन्तिम कसरत एमालेका केही सांसदमा देखिन्छ।

'प्रचण्डको सनकमा जननिर्वाचितको पद खोसियो'

'प्रचण्डले एमालेको मत लिएर चुनाव जित्न हुने, हामीले चाहीँ एमालेतिर उभिँदा पद छोड्नु पर्ने ?, आफूले एमालेकै चुनाव चिन्ह सूर्य छातीमा टाँगेर निर्वाचन आयोग र माइतीघर मण्डलामा प्रहसन गर्दा अनुशासन उल्लङ्घन नहुने, हामीले सूर्यको पक्षमा उभिदा पार्टी अनुशासन उल्लङ्घन हुने ? वाह कमरेड !'

सुर्खेतमा श्रीले नियमित उडान भर्न सकेन

श्री एयर लाइन्सले कर्णाली प्रदेशका राजधानी सुर्खेतमा नियमित उडान भर्न सकेको छैन । उडानका लागि अनुमति प्रक्रिया लम्बिँदा र जहाज अभावमा श्री एयरलाइन्सले सुर्खेतमा नियमित उडान भर्न नसकेको हो ।

तीन मन्त्रीको राजीनामा स्वीकृत

मुख्यमन्त्री शाही नेतृत्वको मन्त्रिमण्डलमा एमालेबाट प्रकाश ज्वालाले आर्थिक मामिला तथा योजना मन्त्रालय, दल रावलले सामाजिक विकास मन्त्रालय र नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

कर्णाली प्रदेश : तीन मन्त्रीद्वारा सामूहिक राजीनामा

नेकपा एमालेकातर्फबाट कर्णाली प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन्।

वीरेन्द्रनगरमा आँखा पोल्ने तुवाँलो

सोमबार बिहानैदेखि लागेको तुवाँलोले वीरेन्द्रनगर उपत्यका ढाकिएको थियो। तराई हुँदै पहाड उक्लिएको तुवाँलो उपत्यकाबाट बाहिरिन नसक्दा झन्झन् बाक्लिँदै गएको छ। बाक्लो तुवाँलोले आँखा पोल्ने गरेको स्थानीयको भनाइ छ। आइतबारको तुलनामा सोमबार बढी देखिएको स्थानीय चन्द्रबहादुर बुढाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्