coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हिउँदे अधिवेशन सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिने

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछिको पहिलो बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यक्रम छ । ४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी नेकपा एमालेमा प्रवेश गरेपछि ३९ जना सदस्य छन् ।  

ति मध्ये एमालेका २० जना सांसद छन् । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रका १२ जना सांसद छन् भने नेपाली कांग्रेसका छ जना सांसद छन् । यस्तै राप्रपाका एक जना सांसद कर्णाली प्रदेशसभामा छन् । कांग्रेस र राप्रपाले अहिलेसम्म विश्वासको मतको पक्ष वा विपक्षमा उभिने बारेमा निर्णय गरेका छैनन् । ‘अहिलेसम्म हामी केन्द्रको निर्णयको प्रतिक्षामा छौं,’ कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘केन्द्रको निर्देशनका आधारमा पक्ष वा विपक्षमा उभिने निर्णय हुन्छ ।’

राप्रपाका सांसद सोशीला शाहीले पनि केन्द्रको निर्णयको प्रतिक्षामा आफु रहेको बताइन् । ‘चार बजेसम्ममा केन्द्रबाट केही खवर आउला,’ उनले भनिन्, ‘त्यहीँ अनुसार कर्णाली प्रदेशसभामा भूमिका खेल्छु ।’  

संख्यात्मक हिसावले अल्पमतमा देखिएपनि मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि अग्रसरता देखाउनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेस र राप्रपाले संस्थागत रुपमा र एमालेका केही सांसदहरुले फ्लोर क्रस गरेर मतदान गर्ने विश्वास मुख्यमन्त्रीको छ ।

प्रकाशित: ३ वैशाख २०७८ ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App