१० मंसिर २०८१ सोमबार
image/svg+xml

धनगढी उपमहानगरपालिकाः स्वतन्त्र उम्मेदवार हमाल ७ हजार बढी मतले अगाडि

अहिले सम्म ३० हजार ६ सय ९८ मत गणना हुदाँ हमालले १३ हजार ८ सय २३ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली काग्रेसका उम्मेदवार नृप बहादुर वडले ६ हजार ७ सय ७२ मत प्राप्त गरेका छन्।

धनगढी उपमहानगरपालिकाः स्वतन्त्र उम्मेदवार हमाल ५ हजार मतले अगाडि

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा मतगणनाको सुरुदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तरण फराकिलो बनाउदै लगेका छन्। उनले ५ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन्।

धनगढी उपमहानगरपालिकाः स्वतन्त्र उम्मेदवार हमाल ३ हजार बढी मतले अगाडि

धनगढीसुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा मतगणनाको सुरुदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमाल ३ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन्। उनलाई गठबन्धनका तर्फबाट नेपाली काग्रेसका उम्मेदवार नृप बहादुर वडले पछ्याइरहेका छन्।

धनगढी उपमहानगरपालिकाः स्वतन्त्र उम्मेदवार हमाल अग्रता बढाउँदै

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउदै लगेका छन्।

धनगढी वडा नं १ अध्यक्षमा काग्रेसका मुढभरी विजयी

धनगढी उपमहानगरपालिकाको वडा नं १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका सन्तोष मुढभरी विजयी भएका छन्। मुढभरी १ हजार १ सय ८३ मत प्राप्त गरी विजयी भएका हुन्।

धनगढी उपमहानगरपालिकाः स्वतन्त्र उम्मेदवार हमालले मतान्तर बढाउदै

मतगणनाको सुरुदेखि अग्रता लिएका हमालले २ हजार ९ सय ५३ मत गणना हुँदा १ हजार ३ सय ८६ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ८ सय ७ मत प्राप्त गरेका छन् भने एमालेका रणबहादुर चन्दले १ सय ४३ मत पाएका छन्।

धनगढी उपमहानगर त्रिपक्षिय भिडन्त

सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयरमा कस्ले बाजी मार्ला? प्रदेशको अस्थाई राजधानी रहेको यस प्रदेशको व्यापारिक, शैक्षिक र औद्योगिक केन्द्र समेत रहेको धनगढी उपमहानगरको चुनावलाई सबैले विशेष चासोका साथ हेरेका छन्।

कांग्रेस नेता भण्डारी उपमेयरमा स्वतन्त्र उम्मेदवार

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा उपमेयर पदमा नेपाली कांग्रेसका नेता प्रभाकर स्वतन्त्र रूपमा चुनावी मैदानमा छन्।

उम्मेदवारी रद्द

आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएका नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ।

गठबन्धनबाट मेयरमा वड र उपमेयरमा अधिकारीको उम्मेदवारी

सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीमा गठबन्धनकातर्फबाट मेयर पदमा नृपबहादुर वड र उपमेयर पदमा शान्ति अधिकारीले उम्मेदवारी दिएका छन्।

धनगढी उपमहानगरको मेयरमा एमालेका चन्दको उम्मेदवारी

सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकाको मेयर पदमा एमालेका तर्फबाट युवा नेता रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन्। भने एमालेका तर्फबाट उपमेयरमा कन्दकला रानाले उम्मेदवारी दर्ता गराएकी छन्।

सुदूरपश्चिममा पनि गठबन्धनबीच तालमेल हुन्छः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिममा पनि स्थानीय निर्वाचनका लागि गठबन्धनबीच तालमेल हुने बताएका छन्।

धनगढीमा हत्या गरेर फालिएको शवकाे सनाखत

सुदूरपश्चिमको अस्थाई राजधानी रहेको धनगढीमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्