१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध हुनेछः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने बताएका छन्।

कोरोनाबाट मृत्यु हुनेका परिवारलाई पन्ध्र हजार दिने

सिन्धुलीको कमलामाई नगरपालिकाले कोरोना संक्रमण भई मृत्यु हुनेका आफन्तलाई १५ हजार रुपैयाँ दिने भएको छ।

किस्टमा निःशुल्क कोभिड ओपिडी

किस्ट शिक्षण अस्पतालले निःशुल्क ओपिडी सेवा सुरु गरेको छ। कोभिड ओपिडीमा बिरामीका लागि क्लिनिकल परामर्श, आहार परामर्श र फिजियोथेरापी जस्ता सेवा निःशुल्क उपलब्ध हुनेछन्। साथै कोभिड बिरामीका लागि अन्य परामर्श चाहिएमा आवश्यकता अनुसार निःशुल्क रूपमा उपलब्ध गराउने किस्ट शिक्षण अस्पतालले जानकारी गराएको छ।

हिमालय एयरलाइन्सबाट निःशुल्क खोप ढुवानी

निःशुल्क कार्गो उडानबाट एयरलाइन्सले दुई लाख २५ हजार रूपैयाँ बराबरको आर्थिक योगदान गर्ने कम्पनीले जनाएको छ।

निषेधाज्ञामा निःशुल्क खाद्यान्न बाँड्दै, भोकै भए खबर गर्न आग्रह

खानेकुराको अभावले कोही पनि भोकै बस्नु नपर्ने भन्दै रकम अभावले खाद्यान्न समस्यामा परेकाले खबर गर्न आग्रहसमेत गरे।

संक्रमितलाई निःशुल्क हेलिकोप्टरको व्यवस्था गर्न सरकारसमक्ष माग

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोभिड–१९ को संक्रमणबाट गम्भीर अवस्थामा पुगेका संक्रमितलाई अस्पताल लैजानका लागि निःशुल्क हेलिकोप्टर सेवाको व्यवस्था गर्न माग गरेका छन् ।

कोभिड बिरामी र कुरुवालाई निःशुल्क खाना

कोरोना भाइरस न्यूनीकरणका लागि सरकारले लगाएको निषेधाज्ञाका कारण खाना खान समस्या भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहले निःशुल्क खाना खुवाउन थालेको हो।

थप दश जिल्लामा निःशुल्क इन्टरनेट जडान

नेपाल दूरसञ्चार प्राधिकरणले थप दश जिल्लामा निःशुल्क रुपमा इन्टरनेट पुर्‍याएको छ। प्राधिकरणले सोमबार एक सूचना प्रकाशन गर्दै ग्रामिण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्याण्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो।

गौशालामा ५१ शैयाको निःशुल्क आइसोलेशन केन्द्र

मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन सेवासहितको ५१ शैयाको यो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले बताए।

क्षेत्रपाटी निःशुल्क क्लिनिकलाई जोय फाउन्डेशनको सहयोग

नेपालका लागि नेपाली भन्‍ने अभियानका साथ स्थापना भएको कल्याणकारी संस्था जोय फाउन्डेशनले क्षेत्रपाटी निःशुल्क क्लिनिकलाई सहयोग गरेको छ। संस्थाले कोरोना भाइरस संक्रमितको उपचारमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो।

इँट्टा उद्योगका कामदारलाई बिमा र निःशुल्क उपचार

जिल्लामा ३० भन्दा बढी इँट्टा उद्योग सञ्चालनमा छन्। तीमध्ये चारवटा मात्रै बालश्रममुक्त छन् र तिनले कामदारको बिमा गरिदिएका छन्। धुनीबेसी नगरपालिका वडा नं ६ मा रहेको जालपादेवी इट्टा उद्योग, थाक्रे गाउँपालिका वडा नं ७ मा रहेको एभरेष्ट इट्टा उद्योग, थाक्रे गाउँपालिका वडा नं ८ मा रहेको यति इट्टा उद्योग र गजुरी गाउँपलिका वडा नं ५ मा रहेको राजधानी इट्टा उद्योगमा बालश्रम मुक्त छ।

द्वन्द्वपीडितलाई निःशुल्क स्वास्थ्य बिमा

पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिकाले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वको समयमा पीडित बनेकालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ। मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमको स्वीकृत कार्यक्रमअन्तर्गत लक्षित वर्गलाई स्वास्थ्य बिमा सुरु गरिएको हो। यो सेवा राज्य पक्ष र विद्रोही दुवै पक्षका पीडितले लिन पाउनेछन्।

महासंघले पत्रकार र परिवारको बिमा गरिदिने

पत्रकार महासंघ कास्कीले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा आफू मातहत रहेका तीन सयभन्दा बढी पत्रकार र तिनका परिवारको पारिवारिक बिमा गरिदिने भएको हो। महासंघ कास्कीले पोखरा महानगरपालिकासँगको सहकार्यमा गरिने पारिवारिक बिमाको सोमबार शुभारम्भ गरिएको छ।

शे–फोक्सुण्डोमा निःशुल्क इन्टरनेट जडान

सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वल्र्ड लिङ्कले जनाएको छ।

ललितपुर शिक्षा विकास तथा समन्वय एकाइले निःशुल्क सेवा दिने

ललितपुर माहानगरपालिका शिक्षा विकास तथा समन्वय एकाइले सेवाग्रहीलाई निःशुलक सेवा उपलब्ध गराउने निर्णय गरेको छ। एकाइले बडापत्रमा अबदेखि सेवा प्रवाह गर्दा कुनै पनि शीर्षकमा शुल्क नलिने उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्