मनपरी उपचार खर्च बाँड्न अंकुश
पूर्व विशिष्ट पदाधिकारी तथा विशिष्ट नागरिकलाई उपचारका नाममा राज्यकोषबाट मनपरी रकम वितरणमा सरकारले अंकुश लगाएको छ। उपचारका नाममा भइरहेको राज्यकोष दुरुपयोग रोक्न बनाइएको नयाँ कार्यविधि सरकारले पास गरेको छ।
पूर्व विशिष्ट पदाधिकारी तथा विशिष्ट नागरिकलाई उपचारका नाममा राज्यकोषबाट मनपरी रकम वितरणमा सरकारले अंकुश लगाएको छ। उपचारका नाममा भइरहेको राज्यकोष दुरुपयोग रोक्न बनाइएको नयाँ कार्यविधि सरकारले पास गरेको छ।
काभ्रेको दाप्चा काशिखण्ड नगरपालिका–११ स्थायी घर भएका ६ वर्षीय मनिष नेपाली जन्मदेखि नै थालसेमिया(शरीरमा रगत उत्पादन नहुने) रोग लागेको र उनको उपचारमा आर्थिक अभाव हुन थालेपछि परिवारले सहयोगको अपिल गरेको छ।
पुराना गायक रुवि जोशीको निधन भएको छ । साधना कलाकेन्द्रका मिलन मोक्तानका अनुसार शुक्रबार मधुमेह रोगको उपचारको क्रममा निदान अस्पतालमा निधन भएको हो।
आर्थिक अभावमा उपचार नपाएर थलिएका विस्थापित शिविरका नरबहादुर रोकालाई शुक्रबार काठमाडौं पठाइएको छ। कांग्रेसका नेता एवम् सुर्खेतका सांसद पूर्णबहादुर खड्काले बाढीपीडित रोकाको सम्पूर्ण उपचारमा सहयोग गर्ने भएपछि उनलाई काठमाडौं पठाइएको हो । नागरिक दैनिकमा बिहीबार नरबहादुरको बारेमा समाचार प्रकाशित भएको थियो । नरबहादुरको काठमाडौंस्थित वीर अस्पतालमा उपचार हुने छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन्।
कर्णाली अञ्चलका बालबालिकामा हुने कडा खालको कुपोषणको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीहरुमा स्वास्थ्य मन्त्रालयले बहिरंग सेवा संचालन गर्ने भएको छ।
थप उपचारका लागि चिकित्सकले विदेश लग्नुपर्ने बताएपछि परिवारले खर्च जुटाउन सकेन। अन्ततः दुई महिनाअघि जुम्लाकी १९ वर्षीया सन्ध्या शाहीले क्यान्सरसँग हारिन्, उनको मृत्यु भयो।
मोरङ, कदमाहा–७ का शम्भु सिंहका १८ महिनाका छोरालाई ब्रेन ट्युमर भयो। उनले छोराको उपचारका लागि विराटनगरको सबैभन्दा महँगो अस्पताल रोजेे। आर्थिक हैसियत कमजोर भएका सिंहले ‘सर्वस्व’ सकेर पनि छोरालाई बचाउन चाहन्थे।
काठमाडौं- नयाँ शक्ति विद्यार्थी यूनियनले कांग्रेस नेतृ सुजता कोइरालालाई उपचारको लागि ५० लाख दिने निर्णयको विरोध गरेको छ।
‘कोहीको घरमा डाक्टरको चाकरी, कोही त मर्छन् अस्पताल नहेरी, हाम्रो नेपालमा ।’ पञ्चायतकालीन नेपालमा राल्फाली समूहले लोकप्रिय बनाएको यो गीतले अहिले पनि नेपालको अवस्था प्रतिविम्बित गर्छ । कसैको उपचारका लागि मुलुकको ढुकुटी समर्पित छ भने कोही अहिले पनि उपचार नपाई मृत्युवरण गर्न विवश छन् ।
विशिष्ट नागरिकले राज्यको खर्चमा उपचार गर्दा नेपालमा उपचार नहुने रोगका लागि मात्रै विदेश जान पाउने र त्यसमा पनि बढीमा १५ लाख रुपैयाँ उपचार खर्च पाउने भएका छन्।
गत भदौ २१ मा घोराही– ५ की नारायणी बुढाथोकीलाई सुत्केरी व्यथाले च्याप्यो । श्रीमान् विकासले उनलाई सोही दिन नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेज पुर्याए । सुरुमा अस्पतालले औषधि दियो ।
यातायात असुविधाका कारण छिमेकी जिल्ला बागलुङकी एक महिलालाई उपचारका लागि हेलिकप्टर प्रयोग गरी पोखरा लगिएको छ ।
राजधानीको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सर्जिकल वार्डबाहिर भुइँमा म्याटको ओछ्यानमा एक जना दुब्ली महिला घोप्टो परेकी छन्। उनी हुन् कैलाली फूलबारीकी ५५ वर्षीया गौरी चौधरी। एक साताअघि मिर्गौला उपचार गर्न गौरी दम्पती राजधानी आएका हुन्।
पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्योपचारका लागि शनिबार संयुक्त राज्य अमेरिका जाँदै छन्। अघिल्लो महिना भारतमा उपचार गराउँदा उनको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि भएको थियो।