२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

देशभरका अस्पतालमा सुरक्षाको व्यवस्था गर्न चिकित्सकको माग

नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ।

रूपेश र क्षितिज संयुक्त चौथो स्थानमा

नेपाल च्याम्पियन रूपेश जैसवाल र क्षितिज भण्डारी जारी दक्षिण एसियाली चेस च्याम्पियनसिपमा शुक्रबार पाँचौं चरणका खेल सकिँदा संयुक्त रूपमा चौथो स्थानमा छन्।

नेपाली इस्कुस भारत निर्यात खुला

वर्षाैंदेखि अवैध रूपमा निर्यात भइरहेको तरकारी इस्कुसले अब भारतीय बजारमा वैधता पाएको छ । इलामका पूर्वी सीमाबाट बर्सेनि लाखौं रुपैयाँको इस्कुस अवैध रूपमा निर्यात हुने गरेकामा अब प्लान्ट क्वारेन्टाइन सूचीमा समावेश गरिएको हो ।

पोखराको पर्यटनलाई ‘ड्रागन बोटरेस’ कोसेली

दक्षिण एशियामै पहिलोपटक पोखरामा अर्काे साता ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोटरेस फेस्टिभल’ हुने भएको छ। फेवातालमा हुने यो बोट रेसले नेपालमा चिनियाँ पर्यटकको आगमनमा वृद्धि गर्ने अपेक्षा पर्यटन क्षेत्रको छ। फेस्टिभलकै अवसर पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको जहाज अवतरण गर्ने तयारी पनि छ।

पार्टीको समर्थन पाएपछि टिकिरहन्छु भन्ने नसोच्न प्रधानमन्त्री दाहाललाई काँग्रेस सांसदको चेतावनी

नेपाली काँग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरुको पनि भुमिका रहेको भन्दै सो भुमिकाको अवमूल्यन नगर्न चेतावनी दिएका छन्।

नेपाल – बेलायत मैत्री सन्धीको १ सय वर्ष पूरा

नेपाल – बेलायतबीच मैत्री सन्धीमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको छ। साेहि अवसरमा लण्डनमा एक विशेष कार्यक्रम गरिएकाे छ।

राणा ट्युनिसियाको अवैतनिक दूत

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले नेपालका लागि ट्युनिसियाको अवैतनिक दूतको जिम्मेवारी पाएकी छिन्।

सरकारी निकायको चरम लापरबाहीः नक्सा पासबिनै अर्बौंका बहुतले भवन निर्माण

अरूलाई नियमअनुसार चल्न निर्देशन दिने जिम्मेवारीमा रहेका सरकारी निकायले नै काठमाडौं उपत्यकामा नियम मिचेर अर्बौं रूपैयाँ लगानीमा बहुतले भवन निर्माण गरेको पाइएको छ। भवन बनाउँदा काठमाडौं महानगरपालिकाबाट नक्सा पास गर्नुपर्ने भए पनि सरकारी निकायहरूले नै त्यसो नगरेको पाइएको हो।

फाइभ नेसन्स पुरुष बास्केटबलमा नेपालले पाकिस्तानलाई हरायो

माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

अम्यास खेलमा ओमानलाई जित्न नेपालले २६८ रन बनाउनु पर्ने

आइसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा नेपाल विरुद्ध ओमानले २६७ रन बनाएको छ ।

प्रहरीलाई चिनियाँ भाषा तालिम

प्रहरीलाई चिनियाँ भाषा तालिम प्रदान गरिएको छ। पर्यटक प्रहरी, इमर्जन म्यान्डरिन एकेडेमी (आइएमए) र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा पर्यटक प्रहरीलाई दुई महिने चिनियाँ भाषा प्रशिक्षण दिइएको हो।

मैत्रीपूर्ण फुटबल खेलमा फिलिपिन्ससँग भिड्दै नेपाल

नेपाली राष्ट्रिय फुटबल टोलीले आज मैत्रीपूर्ण खेलमा फिलिपिन्सको सामना गर्दैछ। नेपालले घरेलु टोली फिलिपिन्ससँग रिजल मेमोरियल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४ः४५ बजेबाट प्रतिष्पर्धा शुरु गर्नेछ।

विश्वकप छनोटः नेपाल र ओमान भिड्दै

नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज ओमानसँग खेल्दैछ। नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बाबेको हरारेमा शुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्