२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पर्यटनमा यौनिक अल्पसंख्यकका अपेक्षा

फरक धार

राष्ट्रिय जनगणना २०७८ अनुसार यौनिक तथा लैंगिक अल्पसंख्यकको जनसंख्या २ हजार ९ सय २८ रहेको छ। यो कुल जनसंख्याको ०.०१ प्रतिशत हो। तथ्याङ्कअनुसार वाग्मती प्रदेशमा सबैभन्दा बढी ३२.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.८ प्रतिशत यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्ति छन्। यस्तै विश्वमा २ प्रतिशत व्यक्ति यौनिक तथा अल्पसंख्यकको पहिचानमा रहेको विभिन्न अध्ययनले देखाएको छ।

यसरी यौन झुकाव र लैंगिक पहिचान भएका व्यक्ति सामान्य व्यक्तिका तुलनामा बढी बेरोजगार देखिन्छन्। तिनले ठुलो आर्थिक भेदभावको सामना गरिरहेका हुन्छन्। यसैकारण पर्यटन बोर्डले सस्टेनेबल टुरिजम फर लाइभलीहुड रिकभरी परियोजना (एसटिएलआरपी) अन्तर्गत युएनडिपी नेपालको सहयोग तथा नेपाल माउन्टेन एकेडेमीसँगको सहकार्यमा नेपालको इतिहासमै ३५ दिने ट्रेकिङ गाइड कक्षा सञ्चालन गरेको थियो। ब्लु डाइमन्ड सोसाइटीका २५ जना यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई गत वैशाख २३ गतेदेखि जेठ २६ गतेसम्म तालिम दिइएको थियो।

पर्यटन परियोजना म्यानेजर धर्मराज दवाडीले भने, ‘यौनिक तथा अल्पसंख्यक समुदायका पर्यटकहरू नेपाल घुम्न आउँदा आफ्नै समुदायका गाइड होऊन् भन्ने चाहन्छन्।कुरा सहज रूपमा गर्न सक्ने र बोल्दाघुम्दा सहजता अनुभव हुने हुनाले पछिल्लो समय उनीहरूले आफ्नै समुदायका गाइडको डिमान्ड गरिरहेका छन्।’

नेपालमा कतिपय पर्यटकहरू विभिन्न यौन झुकाव तथा लैंगिक पहिचान भएका आउने गरेको उल्लेख गर्दै परियोजना म्यानेजर धर्मराज दवाडीले उनीहरूले ट्रेकिङ जाँदा आफ्नै समुदायका गाइड होऊन् भन्ने चाहेको कुरा आएका कारण पनि यस तालिम सञ्चालन भएको बताए।

 ट्रेकिङ गाइडका रूपमा सहयोगी लिँदा उनीहरूले आफ्नै समुदायको भए यात्रा सहज हुने कुरा बोर्डमा पनि सुझाव र जिज्ञासासहित आएको उल्लेख गर्दै उनले भने, ‘यौनिक तथा अल्पसंख्यक समुदायका पर्यटकहरू नेपाल घुम्न आउँदा गाइड चाहिएमा आफ्नै समुदायको होस् भन्ने चाहन्छन्। कुरा सहज रूपमा गर्न सक्ने र बोल्दाघुम्दा सहजता अनुभव हुने हुनाले पछिल्लो समय उनीहरूले आफ्नै समुदायका गाइडको डिमान्ड गरिरहेका छन् भन्ने कुरा पटक पटक बोर्डमा आइसकेको छ। त्यसैले पनि यौनिक तथा अल्पसंख्यकका पर्यटकको सहजताका लागि यो ट्रेकिङ गाइड तालिम आवश्यक थियो। यस्तै पर्यटन क्षेत्रमा सबै समुदायका लागि समान रोजगारीको व्यवस्थालाई आत्मसात गर्न पनि यो तालिम सञ्चालन भएको हो।’

सिन्धुलीका २१ वर्षीय पारालंैगिक पुरुष रिवाज लामा (नाम परिवर्तन)ले भने, ‘मलाई सानैदेखि साहसिक पेसा मन पथ्र्यो तर पनि मैले रेगुलर तालिम लिन सक्छु भन्ने सोचेकै थिइनँ। मेरो सेक्सुअल ओरेन्टेसनलाई अझै पनि नातेदार, समाज र राज्यले नै स्वीकार नगरेको अवस्थामा यसरी सहज रूपमा ट्रेकिङ गाइड तालिम लिन पाउँछु भनेर कहिल्यै सोचिनँ।’

तालिमका क्रममा सिन्धुलीका २१ वर्षीय पारालंैगिक पुरुष रिवाज लामा (नाम परिवर्तन)ले भने, ‘मैले अहिले जुन अवसर पाएँ, यसले मलाई भविष्यमा रोजगारीको अवसर दिएको छ। मलाई सानैदेखि साहसिक पेसा मन पथ्र्यो तर पनि मैले रेगुलर तालिम लिन सक्छु भन्ने सोचेकै थिइनँ। मेरो सेक्सुअल ओरेन्टेसनलाई अझै पनि नातेदार, समाज र यो राज्यले नै स्वीकार नगरेको अवस्थामा यसरी सहज रूपमा तालिम लिन पाउँछु भनेर कहिल्यै सोचेकै थिइनँ।’  

उनले थपे, ‘म ग्यारेन्टी दिन्छु, यदि यो तालिम हाम्रो समुदायबाहेक अरूहरूसँगै लिनुपरेको थियो भने अहिलेजस्तो खुलेर र सहजसँग लिन सक्दिनथें। हामीले तालिमका क्रममा कुनै पनि किसिमको भेदभाव सहनु परेन। यो तालिम यति सुरक्षित र सहज भयो, मैले कुनै पनि असहजता र बुलिङ महसुस गरिनँ।’

आफै लगातार यस तालिम लिन नसक्ने कुरा उल्लेख गर्दै उनले भने, ‘शारीरिक रूपमा सके पनि मानसिक रूपमा तयार हुनु मेरा लागि सधैं चुनौती बन्छ। यो सवालमा यस तालिम मेरा लागि निकै सहयोगी र विषेश छ। जुन चिज आफू एक्लै गर्ने आँट थिएन, त्यो समूहमा हुँदा सहजै गरिरहेको छु।’

बोर्डले सञ्चालन गरेको ट्रेकिङ गाइड तालिमका क्रममा पारालैंगिक पुरुष लामाले भने, ‘ट्रेकिङ गाइडको लाइसेन्स पाएपछि म कुनै एजेन्सीसँग जोडिएर ट्रेकिङ क्षेत्रमा काम गर्न निकै उत्सुक छु।’

सामाजिक संवेदनशीलता, लैंगिक विविधतालाई सम्मान गर्दै सबैका लागि समान अवसर दिनुपर्छ भन्ने मान्यता बोकेर बोर्डले विभिन्न यौन झुकाव तथा लैंगिक पहिचान भएकाहरूलाई यस तालिममा समेटेको परियोजना म्यानेजर दवाडीले बताए। यसका साथै बोर्डले तालिमपश्चात् ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) सँग सहकार्य गरेर उनीहरूको रोजगार सुनिश्चित गर्न पैरवीसमेत गर्ने दवाडीले बताए।

बोर्डले सञ्चालन गरेको ट्रेकिङ गाइड तालिमका क्रममा पारालैंगिक पुरुष लामाले भने, ‘ट्रेकिङ गाइडको लाइसेन्स पाएपछि म कुनै एजेन्सीसँग जोडिएर ट्रेकिङ क्षेत्रमा काम गर्न निकै उत्सुक छु।’

सामान्य कक्षा सञ्चालनमा सहभागी भएको भए सजिलो नहुने उल्लेख गर्दै टोखा घर भएकी २१ वर्षीय क्वेर (द्विलिंगी) रिना नकर्मीले विषेश तालिम भएकाले कक्षाहरू सहजसँग लिन पाएको बताइन्। उनले भनिन्, ‘सबैजना एकै समुदायको भएर होला, कक्षा लिँदा अफ्ठ्यारो महसुस गरिनँ। सहजै प्रश्नहरू सोध्न सकें। तालिममा कसैले पनि मेरो सेक्सुअल ओरेन्टेसनले मूल्यांकन गरेनन्। यो मेरा लागि ठुलो कुरा हो। सायद नर्मल तालिम भएको भए यो सहजता पाइदैनथ्यो होला।’

यस तालिमले उनलाई यस पेसाप्रति व्यावसायिक भएर लाग्न सकिने सिप दिएको बताउँदै उनले भनिन्, ‘नेपालमा रोजगार पाउन गाह्रो छ। झनै हाम्रो समुदायका मानिसहरूलाई एकदमै गाह्रो छ। हामीले चाहँदाचाहँदै पनि कति कुराहरू गर्न सक्दैनौं। समाज हामीप्रति त्यति उदार छैन। यसले हामीलाई जहिल्यै पछाडि पारेकोे महसुस हुन्छ। यो तालिम मेरा लागि अवसर हो। यसले मलाई सिपमा आधारित आम्दानीका लागि अवसर प्रदान गरेको छ।’

यस्तै तालिमका अर्का सहभागी धरानका समलिंगी पुरुष बादल तिवारी क्षेत्रीलाई यस्ता रोजगारमूलक तालिमले आँट–भरोसा र बाँच्ने आशा दिने बताए। अवसरका ढोका अरू मानिसभन्दा आफ्ना समुदायका मानिसका लागि निकै कमी भएको उल्लेख गर्दै उनले भने, ‘हामीहरू सक्षम र क्षमतावान् हुँदै गर्दा पनि अवसरबाट वञ्चित छौं। यो राज्य र सामाजिक संरचनाले हामीलाई कहिल्यै सन्तुलित व्यवहार गरेन। हामी पछाडि परेका छौं। केही कुरा गर्न चाहन्छौं भन्दा पनि अवसर नै पाउँदैनाैं।’ उनले थपे, ‘मैले सुनेको यौनिक तथा अल्पसंख्यक समुदायका लागि सञ्चालन गरिएको यो तालिम नेपालमै पहिलो पटक हो रे। मलाई एकदमै खुसी लागेको छ। यस्ता रोजगारमूलक तालिमले हामीलाई आँट–भरोसा र बाँच्ने आशा जगाउँछ।’

सामान्य कक्षा सञ्चालनमा सहभागी भएको भए सजिलो नहुने उल्लेख गर्दै टोखा घर भएकी २१ वर्षीय क्वेर (द्विलिंगी) रिना नकर्मीले विषेश तालिम भएकाले कक्षाहरू सहजसँग लिन पाएको बताइन्।

बोर्डले कुनै पनि व्यक्तिको यौन झुकाव वा लैंगिक पहिचानलाई प्रवाह नगरी प्रशिक्षण र करिअरका अवसरहरूमा समान पहुँच हुनुपर्ने उद्देश्यले तालिम सञ्चालन गरेको बताएको छ। तालिमले समानता र समावेशितालाई बढावा दिन र ट्रेकिङ पेसामा सिप र क्षमताको विविधतालाई प्रोत्साहन गरेको उल्लेख गर्दै यस तालिमले उनीहरूलाई आफ्नो रोजगारी सुरु गर्न र भविष्यमा ट्रेकिङ कम्पनी/फर्म सुरु गर्न तथा आम्दानी र जीवनको सम्भावना बढाउन मार्ग प्रशस्त गर्ने बोर्डको विश्वास छ।

यस तालिम नेपालको पर्यटन क्षेत्रमा विविधता, समानता र समावेशितालाई आत्मसात गर्न पहिलो पाइला भएको ब्लु डायमन्ड सोसाइटीका अध्यक्ष पिंकी गुरुङले बताइन्। मुलुकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन क्षितिजमा यस तालिमको महत्व विषेश भएको उल्लेख गर्दै उनले भनिन्, ‘मुलुकको पर्यटनमा विविधता थपियो।

हाम्रो कार्यालयमा व्यक्तिगत रूपमा धेरै यौनिक तथा अल्पसंख्यक समुदायका पर्यटकहरूले आफ्नै समुदायका ट्रेकिङ गाइडहरूको माग गरिरहेका हुन्थे। यो कुरालाई हामीले सम्बोधन गर्न सकिरहेका थिएनौं। धेरै टुर एन्ड ट्रेकिङ एजेन्सीहरूबाट बारम्बार हामीलाई हाम्रो समुदायको ट्रेकिङ गाइड छैन भनेर सोधिरहेका हुन्छन्। अहिलेसम्म व्यवसायिक रूपमा प्रत्यक्ष कोही पनि नभएको अवस्थामा यस तालिमपछि त्यस्ता गुनासाहरू सम्बोधन हुन्छ,’ उनले थपिन्, ‘यो हाम्रो समुदायका लागि नयाँ अवसर हो। यसले पर्यटन क्षितिजमा नयाँ आयाम थपेको छ।’

बोर्डबाटै यसरी विषेश तालिम आयोजना गर्दा यौनिक तथा अल्पसंख्यक समुदायका मानिसका लागि ट्रेकिङ गाइड क्षेत्रमा पनि समावेशिताको महसुुस गर्न सकिने तालिमका प्रशिक्षक संजय भट्टले बताए। तालिम यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूका जीवनआर्जनका लागि एकदमै ठुलो अवसर भएको बताउँदै उनले भने, ‘प्रशिक्षार्थीहरू तालिमप्रति उत्सुक र एकदमै उत्साहित भएर प्रश्न सोधें। कक्षा दिइरहँदा मैले के महसुस गरें भने रेगुलर विद्यार्थीहरूले त्यति धेरै प्रश्न र जिज्ञासाहरू राख्दैनथे, जति उहाँहरू समय समयमा जिज्ञासाहरू राख्ने र प्रश्न सोध्ने गर्नुुहुन्थ्यो। मैले उहाँहरू एकदमै जिज्ञासु र उत्सुक पाएँ।’

नेपालका सन्दर्भमा हेर्ने हो भने यौनिक तथा अल्पसंख्यक समुदायका लागि शिक्षा आर्जन गर्ने होस् वा रोजगारीको अवसर होस्, अन्य मानिसहरूको तुलनामा निकै नै कठिन अवस्था छ। बोर्डले यसरी विषेश कक्षा सञ्चालन गर्दा उनीहरू सहजताका साथ तालिम लिइरहेका थिए भने व्यावसायिक रूपमा यस पेसालाई अँगाल्न पनि उत्तिकै उत्साहित थिए।

नेपालका सन्दर्भमा हेर्ने हो भने यौनिक तथा अल्पसंख्यक समुदायका लागि शिक्षा आर्जन गर्ने होस् वा रोजगारीको अवसर होस्, अन्य मानिसहरूको तुलनामा निकै नै कठिन अवस्था छ।

तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीले २९ मे १९५३ मा सगरमाथाको पहिलो सफल आरोहण गरेपछि नेपालमा पर्यटनले विश्वव्यापी चर्चा बटुलेको हो तर त्योभन्दा अगाडि नै सन् १९५० मा फ्रान्सका मौरिस हर्जोग र लुइस लाचेनलले अन्नपूर्ण प्रथमको आरोहण गरिसकेका थिए। सगरमाथा हिमालको सफल आरोहणपछि भने नेपालमा व्यवस्थित पर्यटन विकास सुरु भएको थियो।

यसै क्रममा सन् १९७५ मा नेपाल विश्व पर्यटन संगठनको सदस्य बन्यो र त्यसको ३ वर्षपछि सन् १९७८ मा पर्यटन मन्त्रालयको स्थापना भयो। पर्यटन मन्त्रालयको स्थापना भएको दुई दशकपछि सन् १९९८ मा नेपाल पर्यटन बोर्डको गठन भयो।

पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गरी नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा प्रस्तुत गर्न स्थापना भएको पर्यटन बोर्डले मुलुकको इतिहासमै पहिलो पटक ब्लु डायमन्ड सोसाइटीका यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका सदस्यहरूलाई ट्रेकिङ गाइड तालिमको आयोजना गरेको थियो।  

प्रकाशित: २ असार २०८० ००:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App