१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

अम्यास खेलमा ओमानलाई जित्न नेपालले २६८ रन बनाउनु पर्ने

आइसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा नेपाल विरुद्ध ओमानले  २६७ रन बनाएको छ ।

आज जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले  ४९ दशमलब २ ओभरमा २ सय ६७ रन बनाउँदा सबै विकेट गुमायो ।

ओमानका लागि कप्तान जिशान मकसुदले  सबै भन्दा वढि १ सय ६ बलमा १ सय ९ रनको योगदान दिए ।  त्यसैगरी  सोयब खानले ३८ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी र प्रतिश जि.सीले समान १/१ विकेट लिए ।  

यस अघि  जिम्बाबे पुगेपछि नेपालले पहिलो अभ्यास खेल युएईसंग खेलेको थियो । नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो  । ओमान  पहिलो अभ्यास खेलमा  घरेलु टोली जिम्बाबेसँग २८ रनले पराजित भएको थियो ।  

जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपालले दुई अभ्यास खेल खेलेको थियो ।अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग पराजित भएको थियो ।  

प्रकाशित: ३२ जेष्ठ २०८० १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App