१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

फाइभ नेसन्स पुरुष बास्केटबलमा नेपालले पाकिस्तानलाई हरायो

माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

मालेमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई ६६–६२ ले पराजित गर्दै विजयी भएको हो।यस जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल भूटानसँग पराजित भएको थियो।

नेपालले आगामी असार २ गते बङ्गलादेशसँग तेस्रो खेल खेल्नेछ ।प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बङ्गलादेश, भूटान र पाकिस्तानको सहभागिता रहेको छ ।

प्रकाशित: ३२ जेष्ठ २०८० १४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App