५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘कब्रिस्तान’ बाट १४ वर्षीया किशोरीको शव नियन्त्रणमा, बलात्कार र हत्याको आशंका

वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलस्थित ‘कब्रिस्तान’बाट सदगत संस्कार गरिरहेकाे अवस्थामा १४ वर्षीया एक किशोरीको शव पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

बलात्कार आरोपमा ९ पक्राउ

१४ वर्षीया ती बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले नौजनालाई पक्राउ गरेको छ। पछिल्लोपटक ती बालिकालाई यही भदौ १५ गते बेलुका तातोपानी जाने सडकनजिकैको जंगलमा सामूहिक बलात्कार गरिएको प्रहरीको भनाइ छ।

१४ वर्षीया बालिका बलात्कार आरोपमा नौ पक्राउ

प्रहरीका अनुसार बालिका अर्को पालिकाकी हुन्। उनका बुवा छैनन्। आमाले अर्को विवाह गरेकी छन्। सुरुमा मामाघरमा बस्दै आएकी उनी माइजुसँगको विवादपछि घर छोडेर पञ्चपुरी पुगेकी थिइन्।

बलात्कार आरोपी मन्त्री भन्छन्: पाँच करोडको योजना नदिँदा दुई वर्षअघिको भिडियो सार्वजनिक गरियो

बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले पाँच करोडको योजना दिन नसक्दा दुई वर्षअघिको भिडियो सार्वजनिक गरिएको आरोप लगाएका छन्।

रौतहटमा एक किशोरीमाथि सामूहिक बलात्कार

माधवनारायण नगरपालिका वडा नम्बर ५ दलित समुदायको १५ वर्षिया किशोरी सामूहिक बलात्कारमा परेको घटना बाहिर आएको हो।

‘बलात्कारलाई सामान्य नठानीयोस्’

प्रदेशसभा सांसद पद्मा खड्काले बलत्कारलाई सामान्य रुपमा नलिन चेतावनी दिएकी छन्। उनले नैतिकताका आधारमा राजीनामा नदिए मन्त्रीलाई तत्काल वर्खास्त गर्न मुख्यमन्त्रीसँग माग पनि गरेकी छन्।

मन्त्रीमाथि बलात्कार आरोप: बर्खास्त गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ

बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन्।

बलात्कार आरोपी मन्त्रीलाई २४ घण्टाभित्र बर्खास्त गर्न युवा संघ र अनेरास्ववियूको माग

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघले बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई २४ घण्टाभित्र बर्खास्त गर्न माग गरेको छ।

बलात्कार आरोपी मन्त्रीलाई वर्खास्त गर्न माग

नेकपा एमालेले बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।

मन्त्रीमाथि बलात्कार आरोप !

भिडियोमा पीडित भनिएकी महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढक्ढकाएको आवाज सुनिन्छ। महिलाले ढोका खोल्छिन्। भित्र पसेर खाटमा बस्नेबित्तिकै मन्त्री शाहीले उनलाई अँगालोमा बेर्छन्। त्यसपछि महिला रोएको देखिन्छ। मन्त्री शाही महिलालाई सम्झाउन खोजिरहेको अवस्थामा देखिन्छन्।

बालिका बलात्कारमा संलग्नलाई १२ वर्ष कैद सजाय

बालिका बलात्कारको कसुरमा दोषी ठहर गर्दै नुवाकोट जिल्ला अदालतले विदुर नपा–१२ का १९ वर्षीय केदार पौडेललाई १२ वर्ष कैद सजायको फैसला गरेको छ।

गोरखामा एक वर्षमा २१ बालिका बलात्कारको शिकार

यी एक साता भित्र प्रहरीमा आएका घटना हुन्। आर्थिक वर्ष २०७७/७८ मा २१ जना बालिका जबरजस्ती करणीको शिकार भएका छन् । प्रहरीका अनुसार २८ वटा बलात्कारका मुद्दामा ३० जना पिडक छन् । पीडित १८ वर्ष मुनिका धेरै छन् भने पिडक १८ देखि २५ वर्षका धेरै छन् ।

११ वर्षीया छोरी बलात्कार गर्ने बाबु र काका पक्राउ

गोरखाको पालुङ्टार नगरपालिका वडा नं ८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार बलात्कार गरि गम्भिर बिरामी बनाएको बालिकाको गुनासोपछि प्रहरीले पक्राउ गरेको हो।

'मानसिक असन्तुलित युवतीको अपहरणपछि बलात्कार'

राप्तीसोनारी गाउँपालिका–२, माथेबासस्थित २५ वर्षीया खत्री थरकी एक युवती घर नजिकैको खैरिखेलामा घाँस काट्दै थिइन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतिरबाट मोटरसाइकल सवारी एक व्यक्ति आउँछन् र ति युवतीलाई आफ्नो सवारीमा चढ्न विभिन्न प्रलोभन देखाउँछन्।

बलात्कार र घरेलु हिंसाका घटना बढे

प्रहरीको तथ्यांकअनुसार प्रतिदिन औसतमा बलात्कारसम्बन्धी घटनाका सात उजुरी दर्ता हुने गरेको छ। बलात्कारका पीडितमध्ये १० वर्षमुनिका ११.९८ प्रतिशत, ११ देखि १८ वर्षका ५३.२४ प्रतिशत र ६० वर्षमाथिका १.४८ प्रतिशत छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्