१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘बलात्कारलाई सामान्य नठानीयोस्’

मन्त्रीमाथि बलात्कार आरोप

कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले महिलालाई बलात्कार गर्दै गरेको भिडियो सार्वजनिक भएसँगै महिला र जनप्रतिनिधिहरुले पनि राजीनामा दिएर अनुसन्धान प्रक्रियामा सघाउन आग्रह गरेका छन्। प्रदेशसभा सांसद पद्मा खड्काले बलत्कारलाई सामान्य रुपमा नलिन चेतावनी दिएकी छन्। उनले नैतिकताका आधारमा राजीनामा नदिए मन्त्रीलाई तत्काल वर्खास्त गर्न मुख्यमन्त्रीसँग माग पनि गरेकी छन्।

‘मन्त्रीबाट बलात्कृत भनिएकी महिला क्यामेराको अगाडि रोइकराई गरिरहेकी हुन्छिन्, सरकारका मन्त्री जवर्जस्ती महिलासँग सम्वन्ध राख्छन्,’ उनले भनिन्, ‘यस्ता यौनपिपासु मन्त्रीलाई कर्णाली सरकारले अहिलेसम्म वर्खास्त नगर्नुको कारण के हो ?’ पछिल्लो समय पीडित भनिएकी महिलाले सामाजिक सञ्जालमार्फत आफू निर्दोष भएको बताउँदै आएकी छन्। सांसद खड्काले कुनै लाभका लागि बार्गेनिङ गर्न भिडियो खिचिएको थियो भनेर प्रश्न पनि गरेकी छन्।

‘यदि यसो हो भने ति महिला र उनको पक्षलाई पनि कारबाहीको दायरा ल्याइनुपर्छ,’ सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै सांसद खड्काले भनिन्, ‘हिजो अन्याय भयो भनेर भिडियोसहित प्रहरीसम्म पुगेको पीडित पक्ष अहिले किन होइन भनिरहेको छ ?’ उनले पूर्व भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीलाई अदालतमा बैंकिङ कसुरको मुद्दा पर्नासाथ कालिकोटबाटै बर्खास्त गर्ने कर्णाली सरकारका मुख्यमन्त्रीले अहिलेसम्म बलात्कार आरोपी मन्त्रीलाई वर्खास्त नगर्नु लज्जाको विषय भएको बताइन्।  

वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकालले कर्णाली प्रदेश सरकार ‘घुम्ने मेच माथिको अन्धो मान्छे’ जस्तै भएको आरोप लगाइन्। महिलालाई बलात्कार गरेको भिडियो सार्वजनिक भइसक्दा पनि बहालवाला मन्त्रीले राजीनामा नदिएर अनुसन्धान प्रक्रियामा असहयोग गरिरहेको आरोप लगाइन्।

‘महिलामा पनि डर, धम्की, दबाव, प्रभाव जस्ता कुराहरुले प्रभाव पार्दा अनुसन्धानमा सत्य लुक्ने हुँँदा पीडित महिलाको सरकारले सुरक्षाको जिम्मेवारी लिनुपर्छ,’ उनले भनिन्, ‘‘आरोपित मन्त्रीलाई तुरुन्त बर्खास्त गरी सत्यतथ्य पत्ता लगाई कारबाहीको दायरामा ल्याएर कानुनी राज्य र न्यायिक सर्वोच्चता कायम गर्न अनुरोध गर्दछु।

प्रकाशित: १६ भाद्र २०७८ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App