वाईड बडी जहाज खरिदका कागजात संसदीय समितिमा बुझाइने
नेपाल वायुसेवा निगम(नेवानी)को विवादित वाईड बडी जहाज खरिदका सम्पूर्ण कागजात संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बुझाइने भएको छ।
नेपाल वायुसेवा निगम(नेवानी)को विवादित वाईड बडी जहाज खरिदका सम्पूर्ण कागजात संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बुझाइने भएको छ।
जुम्ला तातोपानी गाउँपालिका ८ का स्थानीयले बिरामी लैजानको लागि समिट एयरको जहाज चार्टर गरेका छन्। तातोपानी ८ टोप्लाका जीतेन्द्र शाही एक्कासी बिरामी परेको र जुम्ला अस्पतालमा उपचार नभएपछि जहाज चार्टर गर्नु परेको बिरामीका आफन्त जनक शाहीले जानकारी दिए।
बसको सुविधाअनुसार काठमाडौंबाट पोखरा पुग्न सात सयदेखि दुई हजार रुपैयाँसम्म भाडा लाग्छ। तर, हवाईजहाजको भाडादर १५ सय रुपैयाँ भएको छ।
रोल्पा थवाङ्की जनसरी घर्ती दुई साता देखि जुम्लामा बिरामी छन्। मुटु र छाती दुख्ने समस्याले ग्रस्त उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको थियो। तर जुम्लामा उपचार हुँन नसक्ने भन्दै अस्पतालले रेफर गरेपछि उनलाई जुम्ला विमानस्थलमा लगियो। तर उनलाई कुनै पनि जहाजले लिन मानेन्न।
प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्यूतप्रसाद मैनालीले तिहारपछि कोशीमा पानी जहाज चल्ने बताएका छन्। मंगलवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले प्रधानमन्त्री ओलीले कोशीमा पानीजहाज कुदाउनेदेखि लिएर दुवै देश (भारत र चीन) को रेल काठमाडौं ल्याउने दाबी गरेका हुन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताएका छन्। जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा मंगलवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “मधेशको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको छ।”
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालमा पानी जहाज ल्याएर समृद्धि नआउने दाबी गरेका छन्। मंगलबार स्याङ्जाको चापाकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘पानी जहाज ल्याउने कुरा सपना हो। सपनासँग समृद्धि हुँदैन।’
नेपाल वायु सेवा निगमले बिनाप्रतिस्पर्धा निजी क्षेत्रलाई जहाज भाडामा उपलब्ध गराएको छ।
तिमाल, काभ्रेका रत्नमान तामाङ स्यानोमा ज्यादै जिज्ञासु थिए । आकाशमा उडिरहेका हवाई जहाज देख्दा आफ्नै मनसँग सोध्थे–कसरी उड्दो हो ? कसरी चलाउँदा हुन्?
नेपाल वायुसेवा निगमका ‘वाई १२–ई’ सिरिजका चारवटै जहाजले सफल परीक्षण उडान गरेका छन् । ती जहाजले बुधबार हुम्लाको सिमिकोट, डोल्पाको जुफाल, मुगुको ताल्चा र जुम्लाको जुम्ला विमानस्थलमा सफल परीक्षण उडान गरेका हुन्।
चीनबाट ४ बर्ष अगाडि ल्याइएको नेपाल वायु सेवा निगमकाे वाइ१२ई जहाजले बुधवार सिमकोट विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको छ। बिहान १० बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको वाइ१२ई जहाजले सिमकोट बिमानस्थलमा अबतरण गरेको हो।
उदयपुर र सुनसरीको सीमानास्थल चतारास्थित सप्तकोसीमा मिनी पानीजहाज (जेटबोट) सञ्चालनमा ल्याइएको छ। हिन्दु नेपालीको महत्वपूर्ण चाड दसैं तिहारमा आउजाउ सहज बनाउने उद्देश्यले उदयपुर, सुनसरी, भोजपुर, खोटाङ र धनुकुटालाई समेत पायक पर्नेगरी चतराघाटमा मिनी पानीजहाज सञ्चालनमा ल्याइएको हो।
तान्जानियामा भएको डुङ्गा दुर्घटना ज्यान गुमाउनेको संख्या एक सय नाघेको छ। तान्जानियाको लेक भिक्टोरियामा भएको दुर्घटनामा अन्य सयौं संख्यामा यात्रुहरु हराइरहेको अधिकारीहरुले बताएका छन्।
बिमानचालकको लापरवाहीका कारण भारतको जेट एयरवेजमा उडिरहेका यात्रुको नाँक र कानबाट रगत बग्ने अवस्था आयो।
स्विजरल्यान्डको विज्ञ टोलीले नेपाल वायुसेवा निगमले बेच्न खोजेको ३० वर्ष पुरानो बोइङ जहाज (गण्डकी) को अवस्था अध्ययन गरेको छ । जहाज मूल्यांकनका लागि अवस्था अध्ययन गर्न आएको फिन्टेक कम्पनीको टोली काम सकेर स्वदेश फर्किसकेको निगमले जनाएको छ।