२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

टेनिसमा गण्डकीका प्रदीपलाई तीन स्वर्ण

उनले बिहीबार पोखरा रंगशाला टेनिस कोर्टमा व्यक्तिगत विधामा स्वर्ण पदक जित्दै स्वर्णको ह्याट्रिक गरेका हुन्।

त्रिपलजम्पमा शिला र डिल्लीले स्वर्ण जिते

पोखरा रङ्गशालामा आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)की शिलाले महिलातर्फको विधामा स्वर्ण पदक जितेकी हुन्।

नवौं राष्ट्रिय खेलकुद आज सकिँदै

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच समापन गरिनेछ।

नवौँ राष्ट्रिय खेलकुद: साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङमा विभागीय टिम हाबी भएको छ।

राष्ट्रिय महिला भलिबलको उपाधी एपीएफलाई

बुधबार बेनीको खुल्ला मैदानमा दुई विभागीय टिमका बीच भएको खेलमा एपीएफले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै महिला भलिबलको च्याम्पियन बन्न सफल भएको हो। स्वर्णपदक विजेता एपीएफले पहिलो र दोस्रो सेटमा २५–२१,३०–२८मा खेल खेलेको थियो।

नवौं राष्ट्रिय खेलकुद: महिला भलिवलमा सशस्त्र विजयी

विभागीय टिम सशस्त्र प्रहरी बेनीमा बुधबार सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला भलिबलमा विजयी भएको छ। अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै सशस्त्रले उपाधी चुमेको हो। पहिलो सेट २५–१९, दोस्रो सेट ३०–२८ र चौथो सेट २५–१९ को अन्तरले शसस्त्रले जितेको हो।

नवौँ राष्ट्रिय खेलकुद : टेबलटेनिसमा पुलिस क्लब च्याम्पियन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सम्पन्न टेबलटेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। आज सम्पन्न प्रतियोगितामा पुलिस क्लब छ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो। पुलिसले दुई रजत र चार कास्य पदकसमेत बटुल्यो।

नवौँ राष्ट्रिय खेलकुद: बुद्धिचालमा त्रिभुवन आर्मीकी सुजना लोहनीलाई तीन स्वर्ण पदक

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले तीन स्वर्ण जितेकी छिन्।

चार सय मिटर रिले दौडमा पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मीलाई स्वर्ण

प्रतियोगितामा गण्डकी प्रदेशले रजत र बागमती प्रदेशले काश्य पदक जिते। गण्डकीका लागि मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेण्डमा दुरी पूरा गर्दै रजत पदक जितेका हुन्।

नेपाल प्रहरीकी विद्या राईले जितिन् किर्तिमानीसहित स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भारत्तोलनमा सशस्त्र प्रहरी बलको एपीएफ क्लवले पहिलो स्वर्ण पदक जितेको छ। पोखरा उद्योग वाणिज्य संघको हलमा बुधबार महिला ८७ केजी तौल समूहमा एपीएफकी नीशा बलालले स्वर्ण पदक जितिन्। उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार बहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी हुन्।

कुस्तीतर्फ आर्मी टिम च्याम्पियन

विभागीय टिम त्रिभुवन आर्मी क्लबका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठ र पुरुष तर्फको ७४ केजी तौल समूहमा सुरेस चुनारले स्वर्ण पदक जितेका हुन्।

आर्चरीमा गण्डकी ७ स्वर्ण जित्दै 'टीम च्याम्पीयन'

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टीम च्याम्पीयन बनेको छ। कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित च्याम्पीयन बनेको हो। दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काश्यसहित कुल ९ पदक जित्यो।

पौडीमा आर्मी २० स्वर्णसहित पहिलो

एनआरएनए नौ स्वर्ण, ६ रजत र एक कास्यसहित १६ पदकसहित दोस्रो र एपिएफ तीन स्वर्ण, चार रजत र ६ कास्यसहित १३ पदकसहित तेस्रो भयो।

ट्रायथोलन,आर्मीका थारु र एपीएफकी गुरुङलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ट्रायथोलनको स्वर्ण नेपाल आर्मीका बसन्त थारुले जितेको छन्। उनले १ घण्टा ९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन्।

एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो

पोखरा रङ्गशालामा आज बिहान सम्पन्न खेलमा पाँच हजार मिटर महिला दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्